A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionnku3obfgltbvebr24ucte8ut7qmttolk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

जन्मिनेबित्तिकै छोराको घाँटी थिचेर हत्या

धरानमा अवैध यौन सम्पर्कबाट जन्मेको नवजात छोराको हत्या भएको छ । धरान–१० स्थित नारायण चोकमा मजदुरी गर्दै आएकी २० वर्षीय अस्मिता चौधरीले छोरालाई जन्माउनसाथ हत्या गरेकी हुन् । मजदुरीकै क्रममा सहकर्मीसँगको अवैध यौनसम्पर्कबाट जन्मिएको छोरालाई भाडामा बस्दै आएको घरको शौचालयमा जन्माउनासाथ बेइज्जत हुने डरले अस्मिताले हत्या गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले बताएका छन् । विहान सुत्केरी व्यथा लागेकी उनले शौचालयमा गएर छोरालाई जन्म दिएकी थिइन् । अविवाहित हुँदै छोरो जन्मिएपछि समाजले घृणा गर्ने डरले घाँटी थिचेर हत्या गरेर अस्मिता कोठामा आएकी थिइन् । भाडामा बस्दै आएका अन्य महिला शौचालय गएपछि नवजात शिशुको हत्या भएको अवस्थामा शव फेला परेपछी प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय धरानको टोलीले घटनास्थलमा अनुसन्धान गर्दा अस्मिताले अवैध सम्बन्धबाट जन्मिएको छोराको हत्या गरेको खुलासा भएको डिएसपी तिम्सिनाले बताएका छन् । प्रहरीले घटनाको मुचुल्का तयार गरी नवजात शिशुको शवसहित अस्मितालाई नियन्त्रणमा लिएको छ । नवजात शिशुको शव शल्य परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुझाइएको तिम्सिनाले बताए । असिमताकी आमा गंगा चौधरीले धनकुटाका जजकुमार राईसँग दोस्रो विवाह गरेर धरान आएपछि अस्मिता पनि आमासँगै धरान आएकी थिइन् । गंगामायाका अनुसार आफूसँगै दैनिक मजदुरी गर्ने छोरीले गर्भ बोकेको आफुलाई पत्ता नपाएको बताएकी छिन् । अस्मिताले कसको गर्भ बोकिन् भन्ने खुल्न नसकेकाले अनुसन्धान भइरहेको डिएसपी तिम्सिनाले बताएका छन् । 

२०७५ असोज १ गते ६:०१ मा प्रकाशित

 

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: