A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionl8pkhpv1idlvpi12k0okt32c0f9ffdv5): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

घर खोज्दै भारतबाट फर्किएका १० वर्षका बालक बालगृहमा

आफ्नो घर खोज्दै भारतबाट १० वर्षका बालक विराटनगर आइपुगेका छन् । नाम सुमन जोगी बताउने बालक रेल मार्ग हुदै विराटनगरसम्म आइपुगेका हुन् । सोमबार नेपाल भारत सीमा क्षेत्रमा पाइन्ट, गन्जी र खाली खुट्टामा देखिएका बालकलाई सोधीखोजी गर्दा नेपालस्थित घर हिँडेको बताएका थिए । तर उनलाई आफ्नो ठेगाना थाहा छैन । ठेगाना भन्न नसकेकाले उनलाई अभिभावकको जिम्मा लगाउन समस्या देखिएको छ । उनले आफ्नो नाम सुमन जोगी, बाबुको नाम कृष्णकुमार जोगी, आमा मनलक्ष्मी, दाजुको नाम भुवन बताएका छन् । आफ्नो घर भीरको छेउमा रहेको बताउने उनी भारतमा प्रभात सिंह भन्ने मान्छेको घरमा झाडु लगाउने काम गरेको बताए । भारतबाट अपरिचित व्यक्तिले रेलको बाटो हुँदै नेपाल ल्याएर छाडिदिएको बालक सुमन जोगी बताउँछन् । हिन्दी र नेपाली भाषा मिसाएर बोल्ने सुमनलाई विराटनगरस्थित बाल सुधार गृहको संरक्षणमा पठाइएको इलाका प्रहरी कार्यालय रानीका निरीक्षक सन्तोस निरौलाले जानकारी दिए ।

२०७५ असोज २ गते १२:४८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: