A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioni2eks1jaeup76alsdp1v6rdau70qn8sr): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

म्याग्दीमा बढ्यो बलात्कारको घटना

म्याग्दी — बेनी नगरपालिका-५ घर भै आफन्त भेट्न अन्नपूर्ण गाउँपालिका-६ घार पुगेकी एक १५ वर्षीया किशोरी सामूहिक बलात्कारको शिकार भएकी छन् । किशोरीसहित आर्थिक वर्षको पहिलो दुई महिनामा जिल्लामा ४ वटा बलात्कारका घटना सार्वजनिक भएका छन् । १२ वर्षीय भाईलाई साथी लिएर आफन्त भेट्न गएकी किशोरीलाई सोमबार राति ९ बजे अन्नपूर्ण गापा(६ घारका नविन र अर्जुन परियारले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ। अन्नपूर्ण गापा-६ का वडाध्यक्ष कृष्णप्रसाद बरुवालका अनुसार पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध भएपछि पैदल र पोखरेबाट ट्याक्टरमा घार पुगेका थिए। अपरिचित गाउँमा ट्याक्टरबाट ओर्लेपछि अलमल परेकी किशोरीलाई स्थानीय ३ जना युवाले लखेट्दै आधा घन्टापर खोल्सामा पुर्‍याएर बलात्कार गरेका हुन्। युवाहरुले लखेटेपछि किशोर पनि भागेर ज्यान बचाएका थिए। आरोपितहरुलाई प्रहरीलाई पक्राउगरी अनुसन्धान सुरु गरेको छ। पीडितको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षणपछि प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलको संरक्षणमा राखिएको छ।

‘किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन्। आरोपितहरु पक्राउ गरी अनुसन्धान सुरु गरेका छौं,’ जिल्ला प्रहरी प्रमुख डिएसपी बीरबहादुर बुढाले भने, ‘सोधपुछ क्रममा साविति बयान गरेका छन्। पटकपटक बलात्कार गरेको देखिन्छ।’चालु आर्थिक वर्ष बेनी नगरपालिका-१ मा एक महिला, मंगला गाउँपालिका-१ मा एक बालिका र अर्को महिला, अन्नपूर्ण-६ मा किशोरी सामूहिक बलात्कृत भए। भदौ पहिलो साता मालिका गाउँपालिका-५ का एक ५३ वर्षीय बाबुले आफ्नै १२ वर्षीया छोरी बलात्कार गरे। छोरी बलात्कार गर्ने बाबु प्रहरी हिरासतमा छन्। मुलुकी अपराध संहिता ०७४ मा बाबुछोरी विच हाडनाता करणी भए जन्मकैद ९२५ वर्ष० जेलसँजाय हुन्छ। बलात्कार भए छुट्टै १६-२० वर्ष कैद सँजाय हुन्छ। जिल्ला प्रहरी र न्यायाधिवक्ताको कार्यालयका अनुसार आरोपितले यस अघि पनि छोरीसँग यौनसम्पर्क राख्ने गरेको साविति बयान गरेका छन्। ‘मुलुकी अपराध संहितामा बलात्कार भए १६-२० वर्ष र हाडनाता भित्र यदि बाबुछोरी रहेछन् भने थप आजिवन ९२५ वर्ष० कैद सँजायको व्यवस्था छ,’ जिल्ला न्यायधिवक्ता कृष्णराज पन्तले भने, ‘जिल्ला नाबालिका र किशोरी बलात्कारका घटना बढी देखिएका छन्।’त्यसैगरी अदालतमा मंगला गाउँपालिका-१ की एक ११ वर्षीया भतिजी बलात्कार गरेको छुट्टै मुद्दा विचराधीन छ। मुद्दामा पीडक पक्षबाट बयान फेर्न बालिका र परिवारलाई दबाब दिएको पीडितकी आमाले बताएकी छन्। त्यतिमात्र होइन, बलात्कार जस्तो जघन्य अपराधमा पनि राजनीतीकरण हुने गरेको छ। ‘वकिललाई दिने पैसा दिन्छौं। अदालतमा बयान फेर नत्र भाइसमाजबाट निकाल्छौं भन्दै दबाब दिएका छन्,’ जिल्ला न्यायाधिवक्ताको कार्यालयमा पीडित बालिकाकी आमाले भनिन्, ‘मास्टरपनि उतै लागेका छन्। गरिवले न्याय पाउने भन्दा घटना दबाउने धेरै हुने रहेछन्।’ आर्थिक वर्ष ०७४/०७५ मा जिल्लामा एक हाडनाता करणीसहित १८ जना किशोरी र नाबालिका आफन्त र परिचितबाट बलात्कृत भए। अदालतको अभिलेख अनुसार १८ मध्य ५ वटा बलात्कारका घटनामा दोषी करार भएका छन्। ७ थान मुद्दामा प्रतिवादीले सफाई पाएका छन्। बाँकी ६ थान बलात्कारका मुद्दाका आरोपी पूर्पक्षका लागि थुनामा छन्। पछिल्ला ५ वर्षमा बलात्कारका घटना बढ्दै गएको छ। २०६९ मा ६ वटा, ०७० मा ८ वटा, ७१ मा १२ र ०७२ सालमा १० वटा, ०७३ मा १३ वटा बलात्कारका मुद्दा परेको अदालतको अभिलेख छ। सबै बलात्कारको घटनाका दोषी पक्राउ परेका छन्। जिल्ला अदालतको अभिलेख अनुसार १८ मध्ये १३ वटा बलात्कारका घटनामा दोषी करार भएका छन्। बाँकी ५ थान बलात्कारका मुद्दाका आरोपी पूर्पक्षका लागि थुनामा छन्। ‘बलात्कारका घटना बर्सेनि बढ्दो छ। अधिकांश पीडित छिमेकी र चिनजानकै मान्छेबाट बलात्कृत भएका छन्,’ डिएसपी बुढाले भने, ‘पीडित अधिकांश २५ वर्ष मुनिका र आरोपितहरु ४५-५० वर्षमाथिका छन्।’‘धेरै बलात्कारका घटनामा रक्षक नै भक्षक भएको देखिन्छ। हेर्दा पाको उमेरको भद्र देखिने पुरुषले साविती बयान गर्छन्,’ जिल्ला न्यायाधीश राजकुमार कोइरालाले भने, वयस्कहरु भने सहमतिमा यौन सम्पर्कपछि बलात्कार प्रयासको आरोप गराउने पनि छन्।

२०७५ असोज २ गते २:१५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: