समाचारमा बालबालिका

दुई तलामाथिबाट फालेर बालिकाको हत्या प्रयास

रुपन्देहीको तिलोत्तमा नगरपालिकापा–१ मा शनिबार राति १३ वर्षीया बालिका दिपिका पौडेलको हत्या प्रयास भएको छ । आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा बाहिरबाट भयाष   ङ लगाई अपरिचित व्यक्तिहरूले उनको टाउकाको बायाँपट्टिको कपाल काटी घरको दोस्रो तलाबाट खसालेका थिए । घाइते अवस्थामा रहेकी छोरीलाई आमाले बिहान करिब ६ बजे देखेपछि उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल लगेकी थिइन् । उनको हाल भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । आइतबार बिहान साढे ७ बजे खबर प्राप्त भएपछि अनुसन्धान थालेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हृदय थापाले अनुसन्धानपछि घटनाबारे तथ्य खुल्ने बताए । दुईजना अपरिचित व्यक्ति आएर फालेको परिवारले बताएको उनले जानकारी दिए । बालिकाको बायाँ हात र खुट्टा फ्याक्चर भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लका अनुसार बालिका घरको दोस्रो तलाको कोठामा सुतेकी थिइन् । दुई बजे शौचालय गएको अवस्थामा उनीमाथि आक्रमण भएको थियो । आक्रमणकारीले बालिकाको मुख थुनी कपाल काटेर माथिल्लो तलाबाट तल फालेको बयान परिवारका सदस्यले प्रहरीलाई दिएका छन् । बिहान छोरीलाई उठाएर पढाउन खोज्दा परिवारले उनलाई बेहोस अवस्थामा भेटेका थिए ।

२०७५ असोज १ गते प्रकाशित