A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7266ci330vobgoee9iurl6rsqjga84ii): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

अज्ञात रोगको प्रकोप : तीन बालकको मृत्यु, चार सयभन्दा बढी बिरामी

सप्तरीको पूर्वोतरपिस्थत कञ्चनरूप नगरपालिकामा खुल्न नसकेको रोगका कारण तीन जना बालकको मृत्यु भएको छ । चार सय बिरामी परेका छन् । पछिल्लो १५ दिनको अवधिमा ती तीनै जना बालकको मृत्यु भएको हो । ज्वरो आउने,छाती दुख्ने,खोकी लाग्ने र बिस्तारै शिथिल हुँदै बच्चाको मृत्यु भएको कञ्चनरूप नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सिअहेब डम्बरप्रसाद गुप्ताले बताए । उनका अनुसार मृत्यु हुनेहरूमा कञ्चनरूप नगरपालिका ७ का १४ वर्षीय दिवस बस्नेत,वडा नम्बर ३ का १४ वर्षीय किशोर राम र वडा नम्बर ९ का १४ वर्षीय आमोदकुमार राम छन् । मृत्यु भएका बालकहरूलाई सुरुमा उच्च ज्वरो आएको थियो । सिअहेब गुप्ताका अनुसार उनीहरूलाई पहिला स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार गराइएको थियो । तर उच्च ज्वरो आउने क्रम नरोकिएपछि थप उपचारका लागि विराटनगर पठाइएका दुई जनाको उपचारका क्रममा तथा एक जनालाई उपचारका लागि लैजादै गर्दा मृत्यु भएको हो । मृत्युपछि तीनै बालकको नाम र मुखबाट रगत निस्केको देखिएको गुप्ताले जनाए । सिअहेब गुप्ताका अनुसार कञ्चनरूप नगरपालिकामा उस्तै प्रकृतिको ज्वरोका कारण चार सय बिरामी छन् । ‘नगरपालिकाका विभिन्न वडामा अहिले ज्वरोका बिरामीको संख्या हवातै बढेको छ,’ सिअहेब गुप्ताले भने, ‘नगरपालिकाभित्र रहेको १० वटा स्वास्थ्य चौकीमा दैनिक २० देखि ३० जनासम्म ज्वरोका बिरामी आउन थालेको छ ।’१५ दिनभित्रै तीन जना बालकको मृत्यु भएपछि स्वास्थ्यकर्मीहरूले उनीहरूको मृत्युको कारणबारे अनुसन्धान सुरु गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा महामारी रोग व्यवस्थापन शाखा प्रमुख डा। प्रकास साहसहितको टोली र विश्व स्वास्थ्य संगठनकी डा। सन्ध्या भगत सहितको टोली तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको टोलीले कञ्चनरूपमा भएको बालकको मृत्यु कुन रोगका कारणले भएको हो त्यसको पत्ता लगाउन परीक्षण कार्य सुरु गरेका छन् । उक्त विशेशज्ञ सहितको चिकित्सकहरूको टोलीले आइतबार कञ्चनरूपमा स्वास्थ्य शिविर समेत आयोजना गरेको थियो । शिविरमा तीन बालकको मृत्यु भएको प्रकृतिकै ज्वरोबाट पीडित भएर आएका चार सय बिरामीको स्वास्थ्य परीक्षण गरिएको इपिडिमियोलोजी तथा महामारी रोग व्यवस्थापन शाखा प्रमुख डा। प्रकास साहले जानकारी दिए । डा. साहले १५ दिनमा तीन बालकको मृत्यु भएपछि आफूहरू उनीहरूको मृत्यु कुन रोगका कारण भएको हो तथा अहिले कञ्चनरूप क्षेत्रमा हवातै बढेको ज्वरो कुन रोगको लक्ष्ण हो भन्ने विषयमा परीक्षण गरिरहेको बताए । उनले कञ्चनरूप क्षेत्रका १० जना बालबालिकाको नमुना लिई परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको जानकारी दिए । उनले चाँडै जनस्वास्थ्य प्रयोगशालाबाट नमुना परीक्षण भएर आएपछि तीन बालकको मृत्यु र अत्यधिक रूपमा बढेको बिरामी कुन रोगको हो भन्ने पता लाग्ने बताए । ‘अहिले हामीले स्कब्र टाइफस वा इन्फलुएन्जाको आशंका गरेका छौं,’ डा। साहले भने, ‘नमुना परीक्षणको रिपोर्ट आएपछि मात्रै औपचारिक रूपमा कुन रोग हो भन्ने बताउन सकिन्छ ।’जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख निरन्जन यादवले कञ्चनरूप नगरपालिकामा ज्वरो आउने,छाती दुख्ने र बालक मरेको घटनावारे जानकारी आउना साथ स्वास्थ्य मन्त्रालय,विभाग र इपिडिमियोलोजी तथा महामारी रोग नियन्त्रण शाखामा जानकारी गराएपश्चात विशेषज्ञहरूको टोली आइपुगेको बताए । उनले उक्त टोली तीन दिन सम्म कञ्चनरूप क्षेत्रमा स्वास्थ्य शिविर गरी बिरामीको परीक्षण गर्ने,नमुना संकलन गर्ने कार्य गर्ने बताए ।

२०७५ भदौ २६ गते ९:१७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: