A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioni2eks1jaeup76alsdp1v6rdau70qn8sr): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कार आरोपित १५ वर्षीय किशोरलाई पाँच वर्ष कैद

बोल्न नसक्ने १६ वर्षीया अपांग किशोरीलाई बलात्कार गरेको आरोपमा सप्तरी जिल्ला अदालतले १५ बर्से एक किशोरलाई साढे पाँच वर्ष कैद सुनाएको छ। प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले आरोपितको उमेर १९ वर्ष भनी अभियोजन दर्ता गरे पनि आरोपितको उमेर १६ वर्ष ननाघेको चिकित्सकको प्रतिवेदनका आधारमा आधा सजायको फैसला गरिएको जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाले बताए। न्यायाधीश ढुंगानाका अनुसार पीडित नाबालिका भएकीले ६ वर्ष कैद र अपांगतासमेत भएकीले थप पाँच वर्ष गरी ११ वर्ष कैद सजाय हुने भए पनि आरोपितसमेत नाबालक भएकाले आधा कैद सजाय गरिएको हो। आरोपितले क्षतिपूर्ति दिन सक्ने अवस्था नभएकाले नेपाल सरकारबाट भराउने गरी पीडितलाई १५ हजार क्षतिपूर्ति दिलाउनेसमेत फैसला भएको उनले बताए। साधारण तारेखमा रिहा भएका अर्का आरोपित १४ बर्से किशोरलाई भने जिल्ला अदालतले २५ दिनको कैद तोकेको छ। जुन अवधि उनले अनुसन्धानका क्रममा प्रहरी हिरासतमा बिताइसकेका छन्। आरोपितहरूले २०७३ वैशाख १ गते राति बलात्कार गरेको भन्दै पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि पीडितको राजविराजस्थित अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो। प्रहरीले आरोपितहरूलाई ०७३ वैशाख २ गते गिरफ्तार गरी वैशाख ५ गते जबर्जस्ती करणीको उजुरी दर्ता गरेको थियो। आरोपित १४ बर्से किशोरका अभिभावकले गाविसबाट जन्मदर्ता ल्याएपछि उनलाई अभिभावकको जमानतमा ०७३ वैशाख २१ गते रिहा गरिएको थियो। जिल्ला अदालतको आदेशमा १५ बर्से आरोपित किशोर पुपक्र्षका लागि ०७३ वैशाख २९ गतेदेखि राजविराज कारागारमा थुनामा छन् भने १४ बर्से किशोर साधारण तारेखमा रिहा भएका थिए।  

२०७५ भदौ ३१ गते ९:२२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: