पिङ खेल्दा लडेर बालिकाको मृत्यु
सिन्धुलीको कमलामाई नगरपालिका-६ राममाडीमा पिङबाट लडेर एक बालिकाको मृत्यु भएको छ । स्थानीय ५ वर्षकी रिषा नेपालीको सोमबार पिङ खेल्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । चौताराको बरको रूखमा लगाएको पिङ खेल्ने क्रममा लडेर बेहोस भएकी उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।
२०७५ कार्तिक ५ गते ५:३४मा प्रकाशित