A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7bjvedp6mid683qsoh815ert8imb9om6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालविवाह न्यूनीकरणमा किशोरी सक्रिय

बैतडीमा बालविवाह न्यूनीकरण गर्न स्थानीय किशोरी जुट्न थालेका छन्। बालविवाह घटाउन विभिन्न प्रयास गरिएपनि कमी नआएपछि स्थानीय किशोरी सामुहिक रुपमा अग्रसर हुन थालेका छन्। जिल्लाका विभिन्न स्थानीय तहमा किशोरी वृत, किशोरी समुह घटन गरी बालविवाह न्यूनीकरण गर्न अग्रसर हुन थालेका छन्। जिल्लाको पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा किशोरी वृत गठन गरी बालविवाह रोकथाममा जुटेका हुन्। संगठित रुपमा अघि बढ्दा समाजमा जरा गाडेको बालविवाह जस्तो कुरिती अन्त्य गर्न सकिने भन्दै स्थानीय किशोरी समुहवद्ध भएका छन्।  किशोरी वृतका सदस्यहरूले बालविवाह हुन लागेको जानकारी पाएपछि अभिभावक र किशोरीहरुलाई सम्झाउने गरेका छन्। जिल्लाका धेरै ठाउँमा हुनै लागेका बालविवाहलार्य समेत रोक्न थालेका छन्। सातौं अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानमा किशारीहरूले बालविवाह जस्ता हानीकारक चलनबारे सचेतनात्मक क्रियाकलाप सञ्चालन गरेका छन्। सांस्कृतिक कार्यक्रम नाटक, अन्तरक्रिया, वतृत्वकला लगायतका क्रियाकलाप सञ्चालन गरेका छन्। शिवनाथ गाउँपालिका–२, शर्मालीमा र पञ्चेश्वर गाउँपालिका–३, कुलाउमा सांस्कतिक कार्यक्रम सडक नाटक गरेका छन् भने, गिरेगाडाका अन्तरक्रिया, किशोरकिशोरीमैत्री सूचना केन्द्र सिद्धेश्वरमा पनि बालविवाह लगायत हानीकरक चलनबारे विभिन्न क्रियाकलाप सञ्चालन गरिएको बालविवाह रोकथाम कार्यक्रमका जिल्ला संयोजक कमलापति भट्टले बताए। बालविवाह रोकथाम अभियान प्रभावकारी बनाउन किशोरी वृत समुहमा छलफल हुने गरेको छ। समुहमा बसेर किशोरीहरू आपसमा अन्य समस्यासमेत हल गर्ने गरेको पञ्चेश्वर किशोरी वृतकी अध्यक्ष कमला चन्दले बताइन्। संयुक्त राष्ट्र संघीय जनसंख्या कोष ९युनिएफपीए०को सहयोगमा रेडक्रस बैतडीले बालविवाह रोकथाम कार्यक्रम सञ्चालन गरेपछि किशोरीहरू जागरुक बन्न थालेका छन्। उनीहरूलाई अभिमुखीकरण र रुपान्तरण सम्बन्धी तालिम दिइएपछि बालविवाह न्यूनीकरणमा जुट्न थालेका हुन्। किशोरी वृतका सदस्य समुहमा मात्र होइन गाउँमा समेत बालविवाह रोकथामका लागि चेतना जगाउन थालेका छन्। 

सामाजिक तथा वित्तीय सीप(रुपान्तरण)तालिम किशोरी र अभिभावकलाई दिन थालिएको छ। अभिमुखीकरण, अन्तरपुस्ता संवादलगायतका क्रियाकलाप गरेर बालविवाह न्यूनीकरण गर्ने बताइएको छ। बालविवाहबाट हुने हानी कानुनी प्रावधान तथा सजायबारे समेत सर्वसाधारणलाई जानकारी गराउन थालेको अध्यक्ष चन्दले बताइन्। यसअघि जिल्लाका विभिन्न क्षेत्रमा बालविवाह न्यूनीकरणको लागि धार्मिक अगुवा, धामी, झाक्री, पुजारीलाई समेत तालिम दिइएको थियो। धामी, पुजारीले बालविवाहका बेफाइदाबारे जानकारी गराउँदा सर्वसाधारणमा राम्रो प्रभाव पर्ने भएपछि धार्मिक अगुवालाई अघि सारिएको हो। चेतना अभाव र धार्मिक अन्धविश्वासले यहाँ बालविवाह गर्ने क्रम रोकिएको छैन। छोरीलाई कम उमेरमै कन्यादान गर्दा पुण्य पाइन्छ भन्ने मान्यताले बालविवाह जटिल समस्याको रुपमा रहेको छ। बालविवाह न्यूनीकरण गर्न किशोरीलाई अग्रसर गरेपछि बालविवाहमा कमी आउने भएकाले उनीहरूको क्षमता बढाएर संगठित गरिएको युएनएफपीएका जिल्ला अधिकृत गणेश शाहीले बताए। देशमै बालविवाह बढी हुने पाँच जिल्लामध्ये बैतडी पनि एक  हो। ६ वर्षअघि ‘बालिका दुलही होइनन’ राष्ट्रिय सञ्जालले साबिकका पाँच गाविसमा गरेको सर्वेक्षणले ५९ दशमलव ४ प्रतिशतको १७ वर्ष नपुग्दै बिहे भएको देखाएको थियो। किशोरी वृतमार्फत बालविवाह रोकथाम अभियानले समुदाय, विद्यालयलगायत समाजका अन्य व्यक्तिलाई जागरुक गराउन अभिमुखीकरण गर्दै आएको छ। किशोरी वृत समुहले बालविवाहबारे चेतना मात्र होइन समाजका अन्य गलत संस्कारलाई समेत हटाउने प्रयास गर्दै आएको पञ्चेश्वर बाल क्लबकी सचिव पुुनम भण्डारीले बताइन। ‘समुहमा बसेर हामी आफ्ना समस्या मात्र होइन विभेद, लैगिंक हिंसालगायतका गलत परम्परा हटाउने प्रयासमा छौ,’ उनले भनिन। पछिल्लो समय अभिभावकको मञ्जुरी नलिइ किशोरीहरू आफैं भागेर विवाह गर्ने क्रम बढेकाले किशोरीहरूलाई सचेत गराउन आवश्यक भएर जनचेतनाका क्रियाकलाप गरिँदै आएको छ। किशोरीहरूमार्फत् कानुनी प्रावधान र भविष्यमा आउने समस्याबारे सचेत गराएर विद्यमान प्रथा कम हुने देखिएकाले अभियान सञ्चालन गरिएको  जिल्ला संयोजक भट्टले बताए। गाउँमा कानुनी प्रावधान, सजायको व्यवस्थासँगै यसबाट हुने शारीरिक, मानसिक र आर्थिक समस्याबारे सचेत गराएर अन्धविश्वासका नाममा हुने कुरीति नियन्त्रण गर्न सकिने शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए। दिगो विकासका लक्ष्यमध्ये बालविवाह न्यूनीकरण पनि एक हो, लक्ष्य प्राप्ति गर्न र हाम्रो समाजलाई समन्नुति तिर लैजानका लागि बालविवाह  घटाउन आवश्यक भएको उनले बताए। 

२०७५ असोज २५ गते २:१८ मा प्रकाशित        

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: