A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session86vqibpr892g45hdungka25c8sduf9o0): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

घरदेखि विद्यालयसम्म यौन दुर्व्यवहार

स्कुलमा पिटी खेलाउने शिक्षकले सिकाउने बहानामा म र साथीको कम्मरदेखि माथिको भाग छुँदै छातीसम्म हात लैजान्थे। डरले रातोपिरो हुन्थ्यौं। पछि एकपटक कक्षा सकिएपछि म र मेरी साथीलाई अन्तिमसम्म बस भनेर कक्षाकोठाभित्रै चुम्बन गर्न खोजे। दुव्र्यवहार बढ्न थालेपछि एक शिक्षिकामार्फत विद्यालनमा उजुरी ग(यौं, पछि विद्यालयले ती शिक्षकलाई कारबाही गरेर निकाल्योे। काठमाडौंबाट मावली दाइसँग गाडीमा घर फर्कंदै थिएँ। दिदीले उसको साथ लगाएर पठाउनुभएको थियो। एउटै सिटमा बसेकाले उसले मलाई शरीरका विभिन्न भागमा छोयो, छाती मुसा(यो । गाडीमा चिनेजानेको कोही थिएन। चिच्याऊँ भने ऊ मेरो दाइ, जसको साथ र भरोसामा म घर जाँदै थिएँ । नचिच्याऊँ भने मलाई उसले पीडा दिइरहेको थियो। पीडाकै बीच घर पुगें । भोलिपल्ट बिहान ममीलाई भन्छु भनेर त्यो रात सुतें। बिहान उठेर ममीको छेउमा जाँदा उल्टो मलाई गाली गर्नुहुन्छ होला भनेर डर लाग्यो अनि यो कुरा कसैलाई भनिनँ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी वासुदेव पाठक एउटा बाकस खोलेर त्यसमा रहेका यौनदुव्र्यवहारसम्बन्धी पत्र पढ्दै थिए। माथि उद्धृत यी पंक्ति तिनै पत्रहरुमध्येका थिए। किशोरीका लागि जिल्लाका १७ विद्यालयमा आत्मरक्षा तालिम सम्पन्न गरेर फर्केको प्रहरी टोलीले संकलन गरी ल्याएका पत्रमा किशोरीले आफूले भोगेको यौन दुव्र्यवहार लेखी पठाएका थिए। प्रहरीले आत्मारक्षा तालिम दिइसकेपछि अन्त्यमा नाम उल्लेख नगरी आफूले भोगेको यौन दुव्र्यवहारबारे लेखेर बाकसमा खसाल्न किशोरीलाई आग्रह गरेको थियो। जिल्ला प्रहरीले १७ विद्यालयबाट संकलन गरेका ८ सय ६४ ओटा सन्देशमध्ये ९१ वटामा गम्भीर यौन दुव्र्यवहारका घटना उल्लेख गरिएको छ। माथिका घटना तिनैमध्येका हुन्। पत्रमा किशोरीले घर, विद्यालय र सार्वजनिक सवारीसाधनसम्ममा आफूहरुले यौन दुव्र्यवहार भोग्नुपरेको उल्लेख गरेका छन्। डिएसपी पाठकका अनुसार किशोरीले घरमा परिवारकै सदस्य, छिमेकी, विद्यालयबाट फर्किंदा बाटोमा सहपाठी, विद्यालयमा शिक्षक, क्यान्टिन चलाउने कर्मचारी, सँगै पढ्ने साथी र सार्वजनिक बसमा परिचित तथा अपरिचित व्यक्तिबाट यौन दुव्र्यवहारको सिकार हुनुपरेको उल्लेख गरेका छन्।

बाबुआमाबाट उल्टै खप्की
एक किशोरीले आफू यौन दुव्र्यवहारमा परेको कुरा बाबुआमालाई सुनाउदा उल्टै गाली खानुपरेको पत्रमा उल्लेख गरेकी छन् । ‘एउटा केटा सधैं मेरो पछि लाग्थ्यो। एकपटक विद्यालयबाट घर फर्कंदा बाटोमा उसले मलाई जर्बजस्ती समाउन खोज्यो’, उनले आफ्नो पत्रमा भनेकी छन्, ‘ऊबाट जसोतसो फुत्किएर घर पुगेर बुबाआमा दुवैलाई सुनाएँ। मलाई संरक्षण गर्छन् होला भन्ठानेको त उल्टो तँ जोगिएर हिँड्न सक्दिनस्, कसैले देखेको भए कत्रो बदनामी हुन्थ्यो भनेर गाली गरे, त्यसपछि म धेरै रोएँ। बाबुआमाको यस्तो व्यवहारले बालबालिका थप यौनहिंसाको सिकार बन्नुपरेको डिएसपी पाठकले बताए। कतिपय अवस्थामा त्यस्ता बालिका एवं किशोरी मानसिक समस्यामा फस्ने गरेको उनले सुनाए।

सार्वजनिक सवारीसाधनमा झन् पीडा
बालिका तथा किशोरीले सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा भोग्नुपरेको यौन दुव्र्यवहार झन् डरलाग्दो छ। किशोरी र बालिका भएका कारण बोल्न सक्दैनन् भनेर यात्रा गर्दा परिचित र अपरिचितले नै दुव्र्यवहार गर्ने गरेको उनीहरुले उल्लेख गरेका छन् । बसमा यात्रा गर्दा उभिँदा वा सिटमा बस्दा पनि शरीरका विभिन्न भागमा हात पु(याउँछन्, यस्तो तीनपटक भोगिसकें’, एक किशोरीले लेखेकी छन्। यस्ता सार्वजनिक बसमा कतिपय किशोरीले भने प्रतिकार गरेको बताएका छन्। एक अर्की किशोरीले सँगै सिटमा बसेको एक किशोरले आफ्नो गोप्य अंगमा हात ल्याउन खोज्दा उसको हातमा नङ गाडेर चिमोटिदिए दुखाइको पीडाले ऊ अर्को सिटमा बस्न गएको उल्लेख गरेकी छन्। प्रहरीलाई पत्र लेखेका मध्ये ३२ जनाले आफूलाई यौन दुव्र्यवहार भएको छ भनेर लेखेपनि घटना खुलाएका छैनन्। ‘३२ जनाको पीडा अझ बढी डरलाग्दो हुनसक्छ’, डिएसपी पाठकले भने, ‘उनीहरुले आत्माविश्वास नभएर घटना नखुलाएका हुन सक्छन्। त्यस्ता किशोरीहरु पढ्ने स्कुलमा उनीहरुलाई उत्प्रेरणा जगाउने किसिमको थप अभियानसहित फेरि पुग्छौं।

आत्मरक्षा तालिमले हौसला
प्रहरीले असोज ६ गतेदेखि जिल्लाका १७ विद्यालयमा पहिलो चरणको आत्मरक्षा तालिम ‘फाइट ब्याक’ सञ्चालन ग(यो। विद्यालयमा पुगेर सुरुमा बिभिन्न डकुमेन्ट्री, भिडियो देखाएपछि ११ देखि १८ वर्ष उमेर समूहका किशोरीलाई आत्मरक्षा तालिम दिइएको थियो। जिल्ला प्रहरी प्रमुख डिएसपी पाठकका अनुसार कसैले अँगालो मार्न खोज्दा, लडाउन खोज्दा, पछाडिबाट समाउन खोज्दा अथवा आफूलाई मन नपर्ने गरी शारीरिक दुव्र्यवहार गर्न खोज्यो भने कसरी प्रतिकार गर्ने भनेर प्रहरी कर्मचारीले सिकाएका थिए। ‘जुडो, कराते सिकेका कर्मचारीले त्यस्तो प्रतिकार विधि सिकाएका थिए’, उनले भने। ६ देखि १० वर्ष उमेर समूहका बालिकालाई भने दुव्र्यवहारमा पर्दा चिच्याउने, अभिभावकलाई भन्ने विधि सिकाइएको थियो। यो उमेर समूहका बालिकालाई परिचित वा अपरिचित व्यक्तिले कुन तरिकाले छोइरहेको र व्यवहार गरिरहेको छ भनेर जान्ने विषयमा सिकाइएको थियो। प्रहरीले दोस्रो चरणमा तिनै विद्यालयका शिक्षकलाई प्रशिक्षण दिने भएको छ। कतिपय विद्यार्थीले आफूलाई दुव्र्यवहार गर्ने शिक्षकको नामै लेखेर पठाएकाले त्यस्ता शिक्षकलाई कारबाही गर्ने तयारी जिल्ला प्रहरीले थालेको छ।

२०७५ असोज २५ गते ८:३६ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: