A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessione6qcnovqdic8ecqqencq4spc010kcoor): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

कलिलैमा पेसेवर

बीस दिनको अन्तरालमा पोखरामा शृंखलाबद्ध चोरी भयो । मनी चेन्जर र सहकारीलाई निसाना बनाएर चोर्नेको अत्तोपत्तो भएन । व्यक्तिका घरमा चोर्ने ससाना गिरोहलाई कास्की प्रहरीले पक्रिरहेकै थियो । शृंखलाबद्ध चोरी गर्नेमा उनीहरू थिएनन् । सहकारीको ताला फोरेर चोरी हुने क्रम रोकिएन । चोर पक्रन नसक्नु प्रहरीको टाउको दुखाइको विषय बन्यो । चोरीको प्रकृति एकै किसिमको थियो । चोरी गरेको ठाउँमा चोरले दुईवटा रड र एउटा प्लाइउडको टुक्रा छाड्थ्यो । एक मनी चेन्जर र दुई सहकारीबाट झन्डै २० लाख रुपैयाँ चोरी भएको थियो । चोरी गर्ने एउटै व्यक्ति हुनुपर्ने कास्की प्रहरीले अनुमान गर्‍यो । प्रहरीले त्यही विन्दुबाट अनुसन्धान थाल्यो । अनुसन्धानका क्रममा प्रहरी त्यतिखेर अचम्ममा पर्‍यो जब चोर्ने व्यक्ति पाको मान्छे नभई १८ वर्षीय किशोर भएको पत्ता लाग्यो । कैलालीको धनगढी उपमहानगरपालिका १ क्याम्पसरोडका कमल ठगुन्ना लेकसाइडको एक होटलबाट पक्राउ परे । जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामसहितको विशेष टोलीले उनलाई चोरी गरेको पैसाले दुई युवतीसँग मस्ती गरिरहेको अवस्थामा भेटेको थियो । उनको साथबाट ५ लाख ३८ हजार रुपैयाँ प्रहरीले बरामद गर्‍यो ।

प्रहरीका अनुसार उनले सुरुमा भदौ १६ को राति लेकसाइडमा रहेको एभरेस्ट मनी चेन्जरबाट ९६ हजार रुपैयाँ चोरी गरे । भदौ ३१ को राति सिर्जनाचोकमा रहेको जनएकता बचत तथा ऋण सहकारी संस्थाको कार्यालयबाट ९ लाख १४ हजार रुपैयाँ उनैले चोरे । असोज ५ को राति अमरसिंहचोकमा रहेको अर्को सहकारी पनि उनले फोरे । अमरसिंहको भिजन बचत तथा ऋण सहकारी संस्थाको ताला फोरेर ९ लाख ६७ हजार रुपैयाँ चोरी गरे । उनले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा आफूले कैलालीकै होटल एभरेस्टमा वेटरको रूपमा काम गरेको बताएका छन् । तलबबापत जम्मा भएको ५० हजार रुपैयाँ लिएर उनी भदौ ४ मा काठमाडौं बस्ने दिदीलाई भेट्न गए । भदौको मध्यतिर पोखरा घुम्न भनी आए । लेकसाइडको होटलमा बसेर चोरीको योजना बुन्न थाले । दिउँसो चोरी गर्ने स्थानको रेकी गरेपछि बेलुका सिरानी र तन्ना लिएर त्यही स्थानमा पुग्थे । सडक बालकको भेषमा तन्नाले मुख छोपेर त्यहीं सुत्थे । वरपर प्रहरी तथा सर्वसाधारणको चलमल नदेखेपछि ताला फोरेर रकम चोर्थे । सीसीटीभीको हार्ड डिक्स बोकेर भाग्थे । सधैं प्रहरीको टोलीले गस्ती गरिरहने अमरसिंहचोकको भिजन सहकारीसमेत उनले चोरेका थिए । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी नवीन कार्कीका अनुसार ठगुन्नाले चोरी गरेको पैसा मोजमस्तीमा उडाइरहेका थिए । पोखरामा महँगा होटल फेरी–फेरी बस्थे । डिस्को र दोहोरीमा दिनकै ५० हजारदेखि १ लाख रुपैयाँसम्म खर्च गर्थे । बीचमा काठमाडौं पनि पुगेर आए । पक्राउ पर्दा पनि उनी दुई युवतीसँग मोजमस्तीमै थिए । कार्कीले ती युवतीलाई पक्राउ गरे पनि चोरीमा संलग्नता नदेखिएपछि रिहा गरेको बताए ।

कास्की प्रहरी प्रमुख एवं एसपी ओमबहादुर रानाले उनी कलिलै उमेरमा पेसेवर चोरजस्तै ताला खोल्न ‘एक्स्पर्ट’ भएको बताए । ‘चोरीको तरिका हेर्दा पेसेवरकै जस्तो छ,’ उनले भने, ‘उसको अन्त पनि चोरीमा संलग्नता भए नभएको बुझ्दै छौं ।’ ठगुन्नाले आफ्नो उमेर १८ वर्ष बताए पनि कागजपत्र नभएकाले प्रमाणित नभइसकेको उनले जनाए । कैलाली प्रहरीसँग समन्वय गरी थप विवरण संकलन गर्ने जानकारी उनले दिए । घरपरिवारको निगरानी नहुँदा र गलत संगतको असरले किशोर अवस्थामै अपराधमा संलग्न हुने क्रम बढेको उनी बताउँछन् । ‘आफ्नो छोराछोरीको चालचलन अभिभावकले ठीकसँग बुझ्नुपर्छ,’उनी भन्छन् । यसअघि भदौमै बैंक चोरीको योजना बनाइरहेको आरोपमा १९ वर्षीया किशोरी पोखरामा पक्राउ परिन् । कास्की प्रहरीले पोखरा नयाँबजारकी सुचित्रा थकालीलाई पक्राउ गरेको थियो । उनीसँगै म्याग्दी जलजला गाउँपालिकाकी २० वर्षीया सुनीता पुनमगर र पोखरा काजीपोखरीका २१ वर्षीय सन्देश गुरुङ पनि पक्राउ परे । प्रहरीका अनुसार उनीहरूले पोखराको मुक्तिनाथ विकास बैंक चोरी गर्ने योजना बनाइरहेका थिए । बैंकको वरिपरि शंकास्पद अवस्थामा देखेपछि अनुसन्धान गर्दै जाँदा उनीहरूले निरन्तर रेकी गरिरहेको खुलेको थियो । भदौमै पोखराका विभिन्न ठाउँमा चोरी गर्दै हिँड्ने गिरोह नै पक्राउ पर्‍यो । पोखरा ६ बैदामस्थित शिवराम बरालको घरबाट जेठ २४ मा १४ तोला सुनका गहना, ३ थान घडी र ट्याब चोरी भएको थियो । त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले पोखराको बागलुङ बसपार्क बस्ने १९ वर्षका विकेश केसी र १८ वर्षका जिरे भनिने लक्ष्मण नेपालीलाई पक्राउ गरेको थियो ।

२०७५ असोज २१ गते ९:५९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: