A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondsgt4k2htkf7kqv9tpadrtkl3q7896ec): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बाल विवाहविरुद्ध अरिंगाल बन्न जनप्रतिनिधि र प्रहरीलार्इ बालिकाहरुको आग्रह

जाजरकोटका बालिकाहरुले जनप्रतिनिधि र प्रहरीलार्इ बाल विवाह विरुद्ध कडा रुपमा  प्रस्तुत हुन आग्रह गरेका छन्। कानुनको कमजोर कार्यान्वयन, गरिवी, चेतनाको अभाव र परम्पराका नाममा जाजरकोटमा बाल विवहा भयावह वन्दै गएको भन्दै उनीहरुले जनप्रतिनिधि र प्रहरीलाइ  अरिंगाल जस्तै भएर बाल विवाह विरुद्ध प्रस्तुत हुन आग्रह गरेका छन्। जाजरकोटमा पहिलो पटक आयोजना गरिएको बालिका सम्मेलनमा सहभागि ३ सय बालिकाहरुले जिल्लामा भयावह बन्दै गएको बाल विवाहमा कडा एक्सन लिएर नियन्त्रण गर्ने तर्फ लाग्न स्थानीय जनप्रतिनिधि र प्रहरीलाइ सामुहिक रुपमा आग्रह गरेका हुन्। बालिका सम्मेलनमा सहभागि जनप्रिय मावि दसेराको कक्षा ११ मा पढ्ने जुना विकले बालिकालार्इ समाजिक रिती र चेतनाको अभावका कारण जवरजस्ती विवाह गरिदिने चलन गाउँमा व्याप्त रहेको भन्दै त्यस्तो काम गर्नेका विरुद्ध सरकार र सरोकारवालाहरु  अरिंगाल भएर खनिनुपर्ने बताइन्।  जुनाले उमेरै नपुगी बाल उमेरमै जवरजस्ती विवाह गराउन खोज्नेका विरुद्ध मुद्धा हाल्न र न्यायपुर्ण सुनुवाइको व्यवस्था गर्न आग्रह गरिन्। जुनासँगै  सम्मेलनमा सहभागि भाग्योदय मावि वडावनको कक्षा १० मा पढ्ने भावना शाहीले बाल विवाह गर्ने र गराउने दुवैका विरुद्ध सरकार र जनप्रतिनिधिहरुलार्इ आक्रामक भएर लाग्न  आग्रह गरिन्। जुना र  भावना मात्र नभर्इ सम्मेलनमा सहभागि मध्ये करिब एक सय बढीले बाल विवाह विरुद्ध आवाज उठाएका थिए। साथै उनीहरुले पछिल्लो समय व्यापक मात्रामा बढेको महिला हिंसा रोक्न समेत जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराएका थिए।जिल्लाको छेडागाड नगरपालिकामा आयोजना गरिएको  बालिका सम्मेलनमा ५० वढी विद्यालयबाट करिब तीन सय स्कुले बालिकाहरुको सहभागिता रहेको थियो।

२०७५ असोज २४ गते ५:५५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: