समाचारमा बालबालिका

पोखरीमा डुबेर बालकको मृत्यु

पोखरीमा डुबेर सिरहाको नवराजपुर गाउँपालिका– ४ मा मंगलबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवराज गाउँपालिका– ४ निवासी जीतेन्द्र यादवको तीन वर्षीय छोरा सुन्दरकुमार यादव रहेको प्रहरीले जनाएको छ । घर नजिकैको पोखरीको डिलमा खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

२०७५ असोज २३ गते ६:०३ मा प्रकाशित