A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7bjvedp6mid683qsoh815ert8imb9om6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालमैत्री उपमहानगर बनाउन पहल

घोराही उमहानगरपालिकालाई बालमैत्री बनाउन पहल थालिएको छ। सबै वडामा बालमैत्री कार्यक्रम तय गरी बालसंरक्षणका अभियान सञ्चालन गरिने नगर प्रमुख नरुलाल चौधरीले बताए । बालबालिका समाजका महत्त्वपूर्ण अंग भएकाले उनीहरूको संरक्षण गर्दै वडालाई बालमैत्री बनाउनु स्थानीय तहको कर्तव्य भएको उनले बताए । उपमहानगरका १९ वटै वडाका अध्यक्ष र बालबालिकाका अभिभावकलाई मंगलबार बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण गरिएको उनले जानकारी दिए । बालमैत्री स्थानीय शासनका ३९ वटा सूचकहरू पूरा गरी वडालाई बालमैत्री घोषणा गर्न सकिनेबारे वडाध्यक्षहरूसँग छलफल भएको प्रमुख चौधरीले बताए । बालअधिकार प्रवद्र्धनमा स्थानीय तहले गर्नसक्ने कामहरूबारे विस्तृत छलफल गरी आगामी दिनमा गर्न सकिने क्रियाकलापबारे सबैलाई प्रष्ट पारिएको उनले बताए । वडाध्यक्षहरूले गर्नुपर्ने काम, कर्तव्यबारे स्पष्ट जानकारी दिइएको छ,’ उनले भने, ‘बालबालिकाका समस्या केलाएर समाधानमुखी कार्यक्रम तय गर्न सबैलाई निर्देशन दिइएको छ । नगरलाई बालमैत्री घोषणा गरी नमूना बनाउने योजना छ ।’ स्थानीय सरकार सञ्चालन ऐन २०७५ मा वडाको काम, कर्तव्यमा बालमैत्री वडा घोषणा गर्ने कुरा पनि समेटिएकाले सोहीअनुसार काम गर्न सबैलाई आग्रह गरिएको उनले बताए ।

घोराहीका ५, ६ र ७ नं. वडा अर्थात् साबिकका धर्ना र सौंडियार गाविस यसअघि नै बालमैत्री घोषणा भइसकेका छन् । बाँकी १६ वडालाई बालमैत्री बनाउन सबै वडाध्यक्ष र सदस्यहरू गम्भीर हुनुपर्ने उपप्रमुख सीता सिग्देल न्यौपानेले बताइन् । बालअधिकारका सबालमा सबैभन्दा पहिले वडाका जनप्रतिनिधि नै जिम्मेवार हुनुपर्ने उनले बताइन् । ‘बालबालिकासम्बन्धी नीति र कार्यक्रम बनाउने पहिलो दायित्व जनप्रतिनिधिको भएकाले हामी नै बढी जिम्मेवार हुनुपर्छ,’ उनले भनिन्, ‘बालश्रम, बालविवाह, हिंसा, दुव्र्यवहारजस्ता गलत प्रवृत्ति हटाउने कार्यक्रम तय गरेर वडावडामा अभियान चलाउनुपर्छ । घोराहीमा मुख्य समस्याका रूपमा रहेको बालश्रम न्यूनीकरण गर्न युनिसेफ नेपालको सहयोगमा हिमालयन शान्ति तथा विकास अभियान नेपालमार्फत बालसंरक्षण कार्यक्रम सञ्चालन गर्न थालिएको उपमहानगरकी महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख मोती कुमारी विश्वकर्माले बताइन् । बालश्रमिकहरूको पहिचान गरी उनीहरूको अवस्था विश्लेषण गरेर उद्धार, पुनस्स्थापना र शिक्षामा सहयोगजस्ता कार्यक्रम तय भएको उनले जानकारी दिइन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत यामबहादुर कुँवरले बालबालिकाका सबालमा उनीहरूको अर्थपूर्ण सहभागिता गराई बालमैत्री उपमहानगर बनाउन सबैको सहयोग आवश्यक पर्ने बताए । सबै वडाका बस्ती र विद्यालय स्तरमा बालक्लब गठनको अभियानलाई तीव्रता दिन थालिएको उनले जानकारी दिए । बालक्लबहरूलाई परिचालन गरी बालमैत्री अभियानलाई प्रभावकारी बनाउने योजना रहेको उनले बताए । 

२०७५ असोज २३ गते ९:४२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: