समाचारमा बालबालिका

बालिका बलात्कारको आरोपमा पक्राउ

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुनसरीको गढी गाँउपालिका–८ छिटाहाका प्रमोद चौधरी पक्राउ परेका छन् । गत आइतबार इटहरी–९ बसपार्कस्थित गोधुली होटलमा एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका चौधरीलाई इटहरी इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरू गरिएको छ। पीडितका आफन्तले बालिकालाई प्रलोभन देखाएर चौधरीले होटलमा ल्याएर जबरजस्ती गरेको उजुरीका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ। 

२०७५ असोज २५ गते ११:५४ मा प्रकाशित