A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvpim7ssdtu417rj7jr08gsfe83atta6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

फेरि किशोरी बलात्कृत

सुस्त मनःस्थितिकी १६ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा ४८ वर्षे जुद्धबहादुर भण्डारीलाई प्रहरीले पक्रेको छ। पुतलीबजार नगरपालिका–१४ निवासी बालिकालाई बाख्रा चराएर घर फर्कने क्रममा उनले करणी गरेको प्रहरीले जनाएको छ। ती बालिका गत शुक्रबार आफ्ना बाबुसँग जंगलमा वस्तु चराउन गएकी थिइन्। करिव २ बजेतिर बाबुले बाख्रा लिएर घर गएपछि बालिका एक्लै गोरु चराउँदै थिइन्। त्यही बेला छिमेकी भण्डारीले पैसाको लोभ देखाएर करणी गरेको प्रहरीले जनाएको छ। ‘जंगलमा बालिकाको मुख थुनेर कसैलाई नभन्नु भनेर धम्की दिई करणी गरेको थाहा भएको छ’, प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले भने, ‘भण्डारीले चाउचाउ खाउ भनेर ३ वटा २० रुपैयाँको नोट दिएर फकाउने प्रयास गरेको देखिन्छ। घर फर्केपछि नुहाउने क्रममा पीडित बालिकाले यौनांगमा पीडा भएको बताएपछि आमाबुबाले सोधखोज गरेका थिए। सोधखोज गर्ने क्रममा घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरिएको हो। अभिभावकको किटानी जाहेरी बमोजिम आरोपितलाई करणी मुद्दामा ३ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। ती बालिका ६ वर्ष पहिले पनि करणीमा परेको बताइएको छ। साविक पुतलीबजार नगरपालिकाका–८ का ४७ वर्षे मेगबहादुर भुजेलले नाबालिका ११ वर्षको हुँदा करणी गरेका थिए। भुजेल हालसम्म फरार छन्। जिल्ला अदालतले पीडक मेगबहादुर भुजेललाई १५ वर्ष कैद सजाय र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउन फैसला गरेको छ।

२०७५ असोज २३ गते ९:३४ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: