बालिका बलात्कार आरोपमा युवक पक्राउ
अछाममा बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा कमलबजार नगरपालिका–५ का १८ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको अछामका प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले जानकारी दिए । घटना असोज ३ गतेको भएपनि बालिकाले शनिबार९कार्तिक ३ गते मात्रै परिवारलाई बताएकी थिइन । पीडित बालिकाका बाबुले उजुरी दिएपछि सोही आधारमा युवकलाई पक्राउ गरेको डीएसपी शाहीले बताए । प्रहरीले पक्राउ परेका युवकको नाम गोप्य राखेको छ । भेरीछाडा नवाशैन जंगलमा गाई बाख्रा चराउन गएकी ७ वर्षीया बालिकालाई जंगलमै बलात्कार गरेको उजुरीमा भनिएको छ। पीडित बालिकाका बाबुका अनुसार आरोपी युवकले बालिकालाई घडी दिएर ललाइफकाइे बलात्कार गरेका हुन। बालिकाका बाबुले भने ‘हामीलाई त केही थाहा नै थिएन, घटना एक महिना अगाडीको रहेछ हिजो मात्रै थाहा पायौं। कात्र्तिक २ गते त्यही जंगलमा बाख्रा चराउन गएकी आफ्नी सालीलाई पनि ती युवकले स हातपात गर्न खाजेको छ, भागेर बचेको पीडित बालिकाका बाबुले बताए । घरमा कसैलाई भने मार्ने धम्की दिएकाले बालिकाकाले कसैलाई खबर गरेकी थिइनन्।
२०७५ कार्तिक ४ गते २:३३ मा प्रकाशित