A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondsgt4k2htkf7kqv9tpadrtkl3q7896ec): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सप्तरीमा बालिका बलात्कार गर्ने अभियुक्तलाई आठ वर्ष कैद

सरस्वती पूजाबाट घर फर्किरहेकी बालिकालाई बलात्कार गर्ने एक अभियुक्तलाई जिल्ला अदालत सप्तरीले आठ वर्ष कैद सजायको फैसला गरेको छ । गत वर्ष श्रीपञ्चमीको दिन सरस्वती पूजा गरेर घर फर्किँदै गरेकी ११ वर्षीया बालिकालाई बलात्कार गरेका सप्तरीको महदेवा गाउँपालिका–२ का ५० वर्षीय रामसुन्दर राउतलाई अदालतले आठ वर्ष कैद सजायको फैसला गरेको हो । सप्तरी जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेलको इजलाशले राउतलाई आठ वर्ष कैद सजाय साथै अभियुक्तबाट पीडितलाई ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका कर्मचारी अशोक महतोले जानकारी दिए । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ स्थित सार्वजनिक बाटोमा बालिकासँग माटो उठाइदिन सहयोग मागेर अभियुक्तले बलात्कार गरेको बताउँदै पीडितले घटना भएकै दिन जिल्ला प्रहरी कार्यालयमा हुलिया उजुरी दिएकी थिइन् । विद्यालयबाट सरस्वती पूजा गरी घर फर्किरहेकी बालिकालाई ०७४ माघ ८ गते बलात्कार गरेको भन्दै राउतलाई प्रहरीले ०७४ माघ १९ गते पक्राउ गरेको थियो।

२०७५ माघ २६ गते ६:०६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: