A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionttkl3g04sj33ug4n2e72ojdpq23ovoj1): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

१३ वर्षमै एकल

गत वर्षको असोज महिनामा रीता गजमेरको मोबाइलमा अपरिचितको फोन आयो। फोन उठाइन्, बोलिन्। नचिनेको मान्छे भएकाले रङ नम्बर भनेर फोन काटिन्। त्यसपछि त्यही नम्बरबाट दैनिक फोन आउन थाल्यो। सुरुसुरुमा धेरै कुराकानी नभए पनि पछि फोनमै चिनजान भयो। उनलाई फोन गर्ने सुनिल विक रहेछन्। रीता र सुनिलबीच कुराकानीको क्रम लम्बिन थाल्यो। रीताले सुनिलसँग कुरा गर्ने क्रम बढाइन्। ६ महिनापछि फोनमा कुराकानी हुने सुनिलसँग उनको भेट भयो। २०७५ वैशाख ६ गते रीताकै गाउँमा एक आफन्तको विवाहमा सुनिल जन्त आएका बेला उनीहरुको भेट भएको हो। ६ महिनासम्म फोनमा मात्र कुराकानी हुने उनीहरुको यो पहिलो भेट थियो। फोनबाटै एकअर्कालाई मन पराउन थालेका रीता र सुनिलले पहिलो भेटपछि विवाह गर्ने निधोमा पुगे। उनीहरुले वैशाख १३ गते मानेभन्ज्याङ बजारबाट भागेर विवाह गरे।विवाह गर्दा सुनिल १७ र रीता १३ वर्षका थिए। सुनिल एसइईको परीक्षा दिएर बसेका थिए भने रीता कक्षा ८ मा पढ्दै थिइन्। उनीहरुले विवाह गरेको दुई दिनपछि मात्र रीताको घरमा थाहा भएको रीताकी आमा तिजमायाले बताइन्। ‘छोरी घर आइन, दुई दिनसम्म गाउँ, खोला, खोल्सा, जंगलतिर खोजियो, प्रहरीमा पनि जानकारी गरियो’, उनले भनिन्, ‘दुई दिनपछि आफन्तमार्फत छोरीले बिहे गरेर गएको थाहा भयो। रीताको उमेर कलिलै भएकाले छुट्ट्याउन खोजियो तर उनीहरुले आत्महत्या ९दुर्घटना० गर्ने डरले केही नगरिएको रीताका बुवा गमबहादुरले बताए।

विवाहपछि रीताको उमेर सानो भए पनि ठूलै जिम्मेवारी आइलाग्यो। बिहान चाँडै उठ्नु, घर सफा गर्नु, जाँतो चलाउनु, घाँस काट्नु उनको दैनिकी बन्न थाल्यो। ‘माइतमा धेरै काम गर्नुपर्दैनथ्यो। आमाले कहिलेकाहीं सानोतिनो काम लगाउनुहुन्थ्यो,’ उनले भनिन् ,‘मैले कहिल्यै माइतमा जाँतो पिसेको थिइन्। विवाह गरेपछि पिस्नुपर्‍यो। जाँतो घुमाउँदा फेरो पुग्दैनथ्यो, मुडामा बसेर पिस्थें। घरमा कामको दुःख भए पनि सुनिल र उनको सम्बन्ध राम्रै थियो। गत असोज ३ गते सुनिल र उनीसँगै बारीमा घाँस काट्न गएका थिए। रीतालाई बारीमै छोडेर सुनिल घर फर्किए। घर आएर उनी बाली उठाउन गाउँ जानुपर्ने थियो। एक घन्टापछि रीता घाँस लिएर घर फर्किंदा उनीहरु सुत्ने कोठाको ढोकामा भित्रबाट चुकुल लगाइएको थियो। बाहिरबाट बोलाइन्, भित्रबाट आवाज आएन। ‘ढोकाको भित्रबाट चुकुल लागेको थियो, मैले बोलाएँ, कोही बोलेनन्’, उनले भनिन्, ‘तर झ्यालबाट जान सकिने थियो। गएर हेर्दा सुनिलले झुन्डिएर आत्महत्या गरिसकेका रहेछन्। श्रीमान्को मृत्युपछि घरमा जम्मा भएकामध्ये उनलाई सहानुभूतिभन्दा पनि ‘कस्ती अलच्छिनी रहिछ रु यो उमेरमै श्रीमान् खाई’ भन्ने आरोपसमेत सहनु परेको उनले बताइन्। रिता र सुनिलको विवाह दर्ता भएको छैन। कानुनअनुसार उनीहरुको विवाह भएको देखिँदैन तर सामाजिक रूपमा उनीहरुको विवाह भइसकेको छ। कानुनअनुसार रीता एकल होइनन् तर सामाजिक रुपमा उनी १३ वर्षमै एकल भएकी छिन्। पतिको मृत्युपछि रीता माइत फर्केर कक्षा ८ मा पढ्न थालेकी छन्।

२०७५ माघ २४ गते ८:४३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: