A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7266ci330vobgoee9iurl6rsqjga84ii): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालविवाह रोक्न धर्मगुरु एकै ठाउँ

विभिन्न धर्मगुरुले बालविवाह नगराउने सामूहिक प्रतिबद्धता जनाएका छन् । जिल्ला प्रहरी कार्यालयले समुदाय–प्रहरी साझेदारीअन्तर्गत मंगलबार वीरगन्जमा आयोजना गरेको बालविवाह न्यूनीकरण तथा रोकथामसम्बन्धी अन्तरक्रियामा हिन्दू, इसलाम, शिख र इसाई धर्मगुरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । हिन्दू धर्मगुरु पुरुषोत्तम दुबेले सनातन धर्मका ग्रन्थले जुन मुलुकमा बसिन्छ त्यहीँको कानुन पालना गर्नुपर्छ भन्ने सन्देश दिएकाले आफूहरूले नेपालको कानुनले तोकेअनुसार २० वर्ष उमेरमुनिका केटाकेटीको विवाह नगराउने बताए । ‘बालविवाह गर्दा र गराउँदा आर्थिक, मानसिक, सामाजिक, शारीरिक समस्यासमेत हुने रहेछ,’ उनले भने, ‘त्यस कारण भविष्यमा पुरोहितको काम गर्दा वरवधूको उमेरको अवश्य पनि ख्याल राख्नेछौं ।’मुस्लिम मौलाना जहिर अन्सारीले बुबाले छोरीलाई दिने सबैभन्दा उत्तम उपहार नै शिक्षा भएकाले उच्चशिक्षा नलिएसम्म विवाह गरिदिनु अन्याय भएको बताए । इस्लामले पनि कतै बाल विवाहको समर्थन र वकालत नगरेको उनको भनाइ छ । अर्का मौलाना अली असगर मदनीले मुस्लिम सरियत ९धर्म० ले पनि बालिग भएपछि मात्र विवाह गर्नुपर्ने उल्लेख गरेको बताए । मदर्सा अर्गनाइजेसनका जिल्ला अध्यक्ष इमाम हुसेनले मुस्लिम समुदायमा बालविवाह रोक्न साप्ताहिक धार्मिक प्रार्थना ९जुम्मा० मा विशेष सम्बोधन गर्ने बताए ।

इन्जिनियर सौकत अलीले कतिपय बालविवाह रोक्न प्रहरीबाटै असयोग भएको गुनासो गरे । अर्का इन्जिनियर नुरुल होदा आलमले मुस्लिम समुदायमा जनचेतना वृद्धिसँगै बालविवाहविरुद्ध प्रवचनको पनि आवश्यकतामा जोड दिए । क्रिस्चियन समाज प्रदेश नम्बर २ का अध्यक्ष डा। पिटर कमलेश्वरले बालविवाह रोक्न सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक प्रभाव पनि आवश्यक रहेको बताए । शिक्षासँगै चेतनाको स्तर बढ्दै गएपछि बालविवाह कम हुने उनको भनाइ थियो । आफ्नै विवाह १९ र बहिनीको विवाह १५ वर्षमा भएको सम्झँदै उनले अहिले शिक्षाकै कारण मान्यता परिवर्तन हुँदै गएको बताए । क्रिस्चियन समाजका जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्यले बाइबलमा जहाँ बसिन्छ त्यहीँको कानुन पालना गर्नुपर्ने उल्लेख रहेकाले बालविवाह हुन नदिन आफू प्रतिबद्ध रहेको बताए । शिख समुदायका धर्मगुरु अमरजित सिंहले आफ्नो समुदायमा बालविवाह नभए पनि हुन सक्ने सम्भावनालाई स्विकार्दै धार्मिक प्रवचनमा यसविरुद्ध चर्चा गर्ने प्रतिबद्धता जनाए । प्रदेश २ मदर्सा बोर्डका अध्यक्ष शशिकपुर मियाले ३ महिनाअघि मुस्लिम समुदायमा भएको एउटा बालविवाह रोकेको प्रसंग निकाल्दै यससम्बन्धी कार्यक्रम गाउँमा पनि केन्द्रित गर्न सुझाए ।इन्सेकका जिल्ला प्रतिनिधि केसी लामिछानेले मानवअधिकारका दृष्टिले पनि बालविवाह अनुचित रहेको बताए । कसैले अज्ञानवश बालविवाह गरेरगराएको भनी उम्किन सक्ने अवस्था नरहेको उनको भनाइ छ ।डिएसपी गौतम थापाले जिल्ला प्रहरी कार्यालयमा यस वर्ष बालविवाहसम्बन्धी २ र बालविवाह उद्योगसम्बन्धी २ वटा मुद्दा दर्ता भएको बताए । त्यसै गरी दाइजोसम्बन्धी ३ र जबरजस्ती करणीसम्बन्धि २१ मुद्दा दर्ता भएको उनले जानकारी दिए । थापाका अनुसार यी मुद्दा धेरैजसो बालबालिका र बालविवाहसँग जोडिएका छन् । बालविवाहमा कसुर हेरी ५० हजारदेखि ५ लाख रुपैयाँसम्म जरिवाना र १५ वर्षसम्म कैदको व्यवस्था रहेको उनले बताए ।दोहोर्‍याएर यो अपराधमा संलग्न हुनेलाई २५ प्रतिशत सजाय थप हुने प्रावधान रहेको पनि उनले जानकारी दिए । प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बालविवाह गर्नेरगराउने दुबैलाई कारबाही हुने बताए । ‘बाल विवाहले शारीरिक, आर्थिक, सामाजिक र मानसिक सबै खाले समस्यासमेत निम्त्याउँछ,’ उनले भने, ‘समाजमा फरक–फरक प्रथा र रीति रिवाज रहे पनि कसैले कानुन मिचेर आफूखुसी गर्न पाउँदैन।

२०७६ माघ १ गते ९:५५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: