ट्याक्टरले किचेर बालकको मृत्यु
सुनसरीको बराहक्षेत्र नगरपालिका(२ पुतली टोलका डिकबहादुर थापाका ६ वर्षीय छोरा आयुष थापाको ट्रयाक्टरले किचेर मृत्यु भएको छ। बिहीबार अपराह्न साढे ४ बजे रामबहादुर दुलालको घरमा रहेको को२त ९६०७ नम्बरको ट्याक्टर ब्याक गरेर बाटोमा निकाल्ने क्रममा उक्त ट्याक्टरले किच्दा बालकको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ। चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उक्त प्रहरी कार्यालयले जनाएको छ।
२०७६ माघ ३ गते ११:२० मा प्रकाशित