A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsp2ncv079fhr9j1hk5m5psjdusdjkhv7): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विष खुवाइ छोराको हत्या गर्ने आमालाई जन्मकैद

आफैले जन्माएका दुई नाबालक छोरालाई विष खुवाइ हत्या गर्ने आमालाई जन्मकैदको फैसला सुनाइएको छ । महाबु गाउँपालिका १ खरिगैराकी २४ वर्षीया कल्पना नेपालीलाई आफ्नै छोरालाई विष खुवाइ हत्या गरेको अभियोगमा जिल्ला अदालत दैलेखले जन्मकैदको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको एकल इजलासबाट उक्त फैसला गरेको दैलेख जिल्ला अदालतका सूचना अधिकारी बिनोद आचार्यले जानकारी दिए ।०७५ कात्तिक १० गते दिउँसो खाजामा विष घोलेर खुवाएपछि सात वर्षीय जेठो छोरा आयुष नेपाली र तीन वर्षीय कान्छो छोरा अमित नेपालीको मृत्यु भएको थियो। विष खुवाएको थाहा पाएपछि स्थानीयको पहलमा अस्पताल लैजादै गर्दा आयुसको बाटोमै र अमितको उपचारको क्रममा ०७५ कात्तिक १५ गते कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको भनी जिल्ला प्रहरी कार्यालय दैलेखमा कात्तिक १६ गते जाहेरी दर्ता भएको थियो । आयुषको कात्तिक १० गते दैलेख जिल्ला अस्पतालमा र अमितको कात्तिक १५ गते कोहलपुर मेडिकल कलेजमा शव परीक्षण भएको थियो । शव परीक्षण प्रतिवेदनमा ती दुवै बालकलाई विष खुवाइएका कारण ज्यान गएको उल्लेख छ ।  आरोपित कल्पनालाई प्रहरीले कात्तिक २० गते हिरासतमा लिइ कर्तव्य ज्यान मुद्दा चलाएको थियो । प्रहरीले अनुसन्धान सकेर दैलेख जिल्ला अदालतमा मंसिर १० गते मुद्दा दर्ता गराएको थियो । सोहि दिन अदालतले पुर्पक्षका लागि जिल्ला कारागारमा थुनामा राखेको थियो ।  २०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी फौजदारी कसूर र सजाय ऐन २०७४ को दफा १७७ बमोजिक ज्यान मारेको ठहरेको र सोही ऐनको दफा ४१ बमोजिम खाद्यबस्तुमा विष हाली मारेको खुलेको कारण जन्मकैद गरिएको फैसलामा उल्लेख छ । ऐनको उपदफा ४२ ले जन्मकैद भनेको २५ वर्ष कैद हुने प्रष्ट्याएको छ।

२०७६ पुष २९ गते १:३६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: