A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionpg6n7ubdt3bkem3o2djkhtbn0pu4j9oi): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

९ महिनामा ११ बालविवाह रोकियो

१५ वर्ष मात्र टेकेकी थिइन्, प्रेमविवाह गरेर स्कुलबाटै भागिन् । विवाह गरेका युवक न उनी पढ्ने स्कुलका हुन्, न त गाउँकै । उनी थिए दाङका । मकवानपुरको मनहरी गाउँपालिकामा विद्युतको काम गर्थे । एक वर्षदेखि चिनजानमा रहेका उनीहरूबीच प्रेम झाँगियो । अन्ततः भागीबिहे गरे । सात कक्षामा अध्ययन गर्ने ती किशोरी असोजको पहिलो साता दाङका २७ वर्षीय युवकसँग भागेकी हुन् । मनहरी गाउँपालिका–६ खयरघारीका अधिकांश किशोरीको विवाह कलिलै उमेरमा हुने गरेको छ । यहाँ मागीविवाहभन्दा पनि भागीविवाह चल्दै आएको छ । स्थानीयले खयरघारीकी ती किशोरी प्रेमविवाह गरेर भागेको कुरा गाउँपालिकामा जानकारी गराए । गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहितका जनप्रतिनिधि किशोरीको घरमा पुगे र अभिभावकलाई भेटे । अभिभावकको सहमतिमा बालविवाह बदर गर्न जनप्रतिनिधिको टोली युवकको घर दाङ नै पुगेको थियो । उनीहरूले बालिकालाई फिर्ता ल्याए । अभिभावकको जिम्मा लगाए । ‘सुरुमा त मानेकी थिइनन्, सम्झाइबुझाइ गरेपछि बल्ल राजी भइन्,’ गाउँपालिका उपाध्यक्ष मनिला विष्टले भनिन्, ‘यसरी बालविवाह बदर गर्न सफल भयौं ।’ मनहरी–३ की १७ वर्षीया किशोरीले पनि २८ वर्षीय युवकसँग प्रेमविवाह गरेकी थिइन् । उक्त विवाहलाई पनि बदर गरी गाउँपालिकाले किशोरीलाई अभिभावकको जिम्मा लगाएको छ । ‘९ महिनाबीच ६ वटा बालविवाह हुन लागेको अवस्थामा रोक्यौं,’ गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले भने, ‘५ वटा बालविवाह बदर गरेर बालिकारकिशोरीलाई अभिभावकको जिम्मा लगायौं ।’

गाउँपालिकाका जनप्रतिनिधि बालविवाह र बालश्रमविरुद्ध सशक्त रूपमा जुटेका छन् । पूर्वपश्चिम राजमार्गको काखमा रहेको गाउँपालिकालाई ‘बालमैत्री’ घोषणा गर्ने उनीहरूको लक्ष्य छ । सोमबार देशकै पहिलो बालमैत्री गाउँपालिका घोषणा गर्न लागिएको अध्यक्ष उप्रेतीले बताए । ‘मुलुकमा रहेका ४ सय ६० गाउँपालिकामध्ये मनहरीलाई देशमै पहिलो बालमैत्री स्थानीय शासन अवलम्बन गरिएको गाउँपालिकाका रूपमा घोषणा गर्न लागेका हौं,’ उनले भने । अभियानका क्रममा २० वर्षभन्दा कम उमेरमा विवाह गर्न लागेका बालबालिकालाई परामर्श दिई बालविवाह गर्नबाट रोकेको गाउँपालिकाकी उपाध्यक्ष विष्टले बताइन् । बाल सञ्जाल, बाल क्लब, आमा समूह तथा परिचालित अभियानकर्ताबाट बालविवाह हुन लागेको सूचना पत्ता लगाई गाउँपालिकाले त्यसलाई रोक्ने गरेको छ । तथ्यांकअनुसार १५ हजार ७ सय ३९ जना बालबालिका रहेको गाउँपालिकामा पाँच वर्षभित्र ९०७० सालदेखि ०७५ सम्म० एक हजार दुई सय १६ जनाले बालविवाह गरेका थिए । ‘बालविवाह र बालश्रम यहाँको मुख्य समस्या हो,’ अध्यक्ष उप्रेतीले भने, ‘३, ४ र ६ नम्बर वडा बालविवाहबाट बढी प्रभावित छन् ।’ प्रभावित वडामा घरदैलो कार्यक्रम गरी जनचेतना जगाउने गरिएको उनले बताए । बालमैत्री घोषणा गर्न ३९ वटा सूचक पहिचान गरी गाउँपालिकाले ती सूचक पूरा गर्न अभियान चलाएको छ । बालमैत्री स्थानीय तह हुनका लागि गर्भवती महिलाको अवस्थादेखि नै विशेष ध्यान दिनुपर्ने तोकिएको छ । यस्तै, बच्चा जन्मेको ३५ दिनभित्र दर्ता गर्ने, आवश्यक खोप पूरा गरेको हुनुपर्ने लगायत विषय समेटिएका छन् । ‘हामीले निर्माण गरेको धारा होस् वा विद्यालयका संरचना, सबै बालमैत्री छन्,’ अध्यक्ष उप्रेतीले थपे, ‘बालबालिकालाई आमन्त्रित सदस्यका रूपमा विद्यालय व्यवस्थापन समितिमा राख्ने, उनीहरूको कुरा सुन्ने, विद्यालयमा बाल सञ्जाल गठनलगायत कार्य पनि गरिरहेका छौं ।’ प्रदेश सरकारले २०८० सालभित्र प्रदेश–३ लाई नै बालमैत्री प्रदेश घोषणा गर्ने लक्ष्य लिएको छ । गाउँपालिकाले अभियान सञ्चालन क्रममा मात्रै एक सय ९४ जना बालिबालिकालाई निकृष्ट बालश्रम गर्नबाट मुक्त गरेको थियो । एउटा बच्चा गर्भमा आएदेखि १८ वर्ष नपुग्दासम्म उसले पाउनुपर्ने अधिकारको संरक्षण गर्ने वातावरण बनाएको गाउँपालिकाले दाबी गरेको छ। गरिब, विपन्न र अभिभावक नभएका चार सय ६१ बालबालिकालाई गाउँपालिकाले छात्रवृत्ति प्रदान गरेर स्कुलमा पढ्ने अवसर दिलाएको छ।

२०७६ पुष २७ गते ९:०२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: