A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionavs9jo82vklk2t7tntp2ibbbinlngf8t): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बिहे नगर्ने भन्दै जब बेहुलीले नै ‘१०९८’ मा फोन गरिन्

बालबालिकाको क्षेत्रमा क्रियाशील बाल हेल्पलाइनको सक्रियतामा पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा एकै दिन २ जोडीको बाल विवाह रोकिएको छ । वडा नं ५ र ७ मा हुन लागेको बाल विवाह रोकिएको हो । वडा नं ५ बाट विवाह रोकिदिन आग्रह गर्दै १५ बर्षीया बालिकाले बाल हेल्पलाइनको टेलिफोन नं १०९८ मा फोन गरी आग्रह गर्नुभएपछि तत्कालै फिल्डमा पुगेर विवाह रोकिएको सिविन बाल हेल्पलाइनका कार्यक्रम संयोजक झविन्द्र ज्ञवालीले बताउनुभयो । बालिकाको हेटौँडा उपमहानगरपालिका पदमपोखरीका १८ बर्षका अर्का बालकसँग पारिवारिक मिलेमतोमा विवाहको तयारी गरिएको पाइएको थियो । ‘हामी नपुगेको भए बाल विवाह हुने निश्चित जस्तै थियो’, कार्यक्रम संयोजक ज्ञवालीले भन्नुभयो–‘दुबै परिवारका सदस्यहरुलाई राखेर सम्झाई बुझाई गरेर विवाह रोक्यौँ ।’स्थानीय हात्तीसुँढे प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक कृष्ण गौतम, वडाध्यक्ष शेरमान घलान, बालमैत्री सहजकर्ता कल्पना गोलेसहितको टोलीले पढ्ने उमेरका बालबालिकाको विवाह गर्न नहुने भन्दै परिवारलाई सम्झाएको थियो । पढाईका लागि आवश्यक सहयोग गर्न सरकार र सिविन तयार रहेको प्रतिबद्धता व्यक्त गरेर बाल विवाह हुनबाट बालक र बालिकालाई जोगाइएको हो ।सम्झाई बुझाई गरिसकेपछि बालिकाका बुवाले आर्थिक अभावका कारण छोरीले कक्षा ८ मै पढाई छाडेको सुनाउँदै पढाईको निरन्तरताका लागि सहयोगको अपेक्षा गरेको कार्यक्रम संयोजक ज्ञवालीले जानकारी दिनुभयो । बकैया गाउँपालिकाको वडा नम्बर ७ मा पनि १७ बर्षीय बालक र १६ बर्षीया बालिकाको विवाह अभिभावकहरुसँगको समन्वयमा रोकिएको छ । वडाध्यक्ष रामकाजी लामिछानेसहित, सिविन बाल हेल्पलाइन, प्रहरी, बालमैत्री सहजकर्ता लगायतको समन्वयमा बाल विवाह रोकिएको हो । दुबै वडाका बालिकाहरुले कक्षा ८ मा पढाइ छाडेको पुन यसै वर्ष जाँच दिनेगरी पढाईलाई निरन्तरता दिने र त्यसका लागि बाल हेल्पलाइनले आवश्यक सहयोग गर्ने जनाइएको छ । विवाह रोकिएपछि दुबै बालिकालाई मनोसामाजिक परामर्शका लागि हेटौँडास्थित बाल हेल्पलाइनमा ल्याइएको छ ।हेल्पलाइनका अनुसार सन् २०१९ मा मकवानपुरमा २३ जनाको बाल विवाह भएको छ । तीमध्ये ५ जना बालक र १८ जना बालिका रहेका छन् । २३ मध्ये ११ जनाको बाल विवाह रोकिएको सिविन बाल हेल्पलाइनले जनाएको छ ।नेपालको संविधानले २० बर्ष नपुगी विवाह गर्न नमिल्ने व्यवस्था गरेको छ । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११ को दफा १७३ को उपदफा ९१० ले नेपाली नागरिकहरुको विवाह गर्ने उमेर २० बर्ष भनेर किटान गरेको छ । उपदफा १ बिपरित विवाह भएमा विवाह स्वत बदर हुनेछ भनिएको छ ।

२०७६ माघ २ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: