समाचारमा बालबालिका

तनहुँमा ट्रकको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका नयाँपुलमा शुक्रबार डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ट्रकको ठक्करबाट सडकछेउ हिँड्दै गरेकी गोरखा पालुङटार की १० वर्षीया सुरता परियारको मृत्यु भएको छ। पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिएका छन्। ट्रकको ठक्करबाट १३ वर्षीय सुमित परियार घाइते भएको र उनको भरतपुरमा उपचार भइरहेको छ। मृतक बालिकाको दाहिने खुट्टा र कम्मरमुनिको भाग ट्रकको चक्काले पेलिएको थियो। चालक र ट्रक प्रहरी नियन्त्रणमा छन्।

२०७६ पुष २६ गते ७:५८ मा प्रकाशित