A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session86vqibpr892g45hdungka25c8sduf9o0): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

आश्रमका बालबालिकाको जन्मदर्तामा समस्या

बेँसीसहर नगरपालिका–७ हाइस्कुल चोकमा रहेको मानवसेवा आश्रमका तीन बालबालिकाको जन्मदर्ता हुन सकेको छैन । बाबुको पहिचान नखुल्दा बालबालिकाको जन्मदर्तामा समस्या भएको  आश्रमकी संयोजक अनिता अधिकारीले बताइन् । आश्रममा दुई बालिका, एक बालक र १२ जना बेसहारा महिला–पुरुष बस्दै आएका छन् । बेसहारामध्ये १० जनाको नागरिकता छैन । तीन बालबालिकामध्ये एकजनालाई सोही वडामा रहेको युनिभर्सल एकेडेमीले निःशुल्क पढाइदिएको छ । त्यसका लागि नगरपालिकाले सिफारिस गरिदिएको थियो । ‘आश्रममा आइपुगेका तीन बालबालिकालाई अभिभावकसँग पुनर्मिलन गराइएका छौँ,’ अधिकारीले भनिन्।

राज्यले दिने सुविधाबाट वञ्चित
नागरिकता नहुँदा आश्रितहरू राज्यले दिने सेवा–सुविधाबाट वञ्चित हुँदै आएका छन् । आश्रितमध्ये  आठजना महिला छन् । लमजुङका प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले कानुनबमोजिम सनाखत र सिफारिस नहुँदा बालबालिकाको जन्मदर्ता र बेसहाराले नागरिकता पाउन नसकेको बताए । ‘बेसहारालाई आश्रममा पठाउन सिफारिस गर्ने संस्थाले जन्मदर्ता र नागरिकताको लागि पहल गर्नुपर्छ,’ खड्काले भने।

२०७६ माघ २ गते ६:३० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: