A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionqjrdc46vsqro4nt0dchn292c0ijhcnuo): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बिहे गर्ने उमेर बल्ल भयो तर पाँच सन्तान

बाग्लुङ बडिगाड गाउँपालिका १० की सुमित्रा रसाइलीले आफ्नै इच्छामा १६ वर्ष पुग्दै बिहे गरिन्। उनले १७ वर्षमै पहिलो सन्तान जन्माइन्। सुमित्रा अहिले २६ वर्षकी भइन्।बिहेको १० वर्षमै सुमित्रा ५ जना छोराछोरीको आमा भइसकेकी छन्। कलिलो अनुहार हेर्दा उनी बल्ल बिहे गर्ने उमेरमा प्रवेश गरेजस्तो देखिन्छिन्। कान्छो सन्तानलाई गुल्मीको मालिका गाउँपालिका २ दर्लिङको स्वास्थ्य केन्द्रमा खोप लगाउन आएकी उनले आफू पाँच सन्तानकी आमा भएको बताइन्। १७ वर्षमा जन्मिएकी ठूली छोरी कक्षा नौमा पढ्छे’, उनले भनिन्, ‘अब त बुढी भइयो।’ उनका श्रीमान् गाउँघरमै काम गर्छन्। सुमित्राजस्तै कपिला रसाइली पनि कलिलो उमेरमै आमा भएकी हुन्। काखमा बच्चालाई दुध चुसाउँदै उनले भनिन्, ‘१७ वर्षमै बिहे गरेकी हुँ। १८ वर्षमा यो बच्चा जन्मिएको हो।’उमेर नपुग्दै आमा बनेका सुमित्रा र कपिलाजस्ता गाउँमा धेरै छन्। अभिभावकको जोडबलमा नभइ धेरैले आफूखुसी भागेर बिहे गर्छन्। पछिल्लो समय जिल्लामा अभिभावकले सानैमा बिहे गर्दिन छोडेका छन्। तर, किशोर किशोरीकै कारण आफूखुसी बालविवाह गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। जिल्लाका धेरै गाउँका किशोरी पढ्ने उमेरमै आमा बनिसकेका छन्। गुल्मीको मालिका गाउँपालिका ५ छापहिलेकी कमला (नाम परिवर्तन) कक्षा नौमा पढ्छिन्। १७ वर्षकी उनी विवाहित हुन्। वैदेशिक रोजगारीबाट केटा बिहेका लागि फर्केर आएपछि सानै उमेरमा कमलाले बिहे गरेको उनका साथीले सुनाए।बिहेपश्चात उनी माइतीमै बसेर पढ्दै आएकी छन्। धेरैजसो अभिभावक छोराछोरीले उमेर नपुग्दै बिहे गरेकोमा चिन्तित छन्। छोरा र बुहारीले नै माध्यामिक तहको पढाइ नसक्दै बिहे गर्दा दोहोरो खर्चमा परेको गुनासो गर्छन्। स्थानीय तहले बालविवाह न्युनीकरणका लागि विद्यालयमा जनचेतनामूलक कार्यक्रम गरेको दाबी गरे पनि आफूखुसी उमेर नपुग्दै बिहे गर्नेको संख्या बढ्दो छ। मालिका गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ६ का वडाध्यक्ष शोभाखर गिरीले अभिभावकले भन्दा आफूखुसी उमेर नपुग्दै बिहे गर्ने चलन बढेको बताए। आगामी दिनमा चेतनासँगै उनले नियमनको कुरालाई अगाडि बढाउने योजना रहेको जानकारी दिए। धुर्कोट गाउँपालिकामा पनि उमेर नपुग्दै बिहे गर्ने किशोरकिशोरी रहेको गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले बताए। उनले यसलाई रोक्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए। बागलुङ बडिगाड गाउँपालिकाका सूचना अधिकारी थम्मनबहादुर रेश्मीले गाउँपालिकाका कतिपय वडामा १३÷१४ वर्षकै उमेरमा विवाह गरिसक्ने अवस्था रहेको सुनाए।‘चेतना र कानुनले मात्रै वालविवाह रोक्न नसकिने रहेछ’, उनले भने, ‘धेरै वडाका किशोरकिशोरीले उमेर नपुग्दै बिहे गर्छन्।’ उनका अनुसार कतिजनाले उमेर नपुग्दै बिहे गरेका छन् भन्ने तथ्यांक गाउँपालिकाले राख्ने गरेको छैन। मालिका गाउँपालिकाका स्वास्थ्य संयोजक वसन्त भुसालले सानै उमेरमा विवाह गर्दा शारीरिक र मानसिक समस्या देखिने बताए। ‘किशोरावस्थामा बिहे गरेका केटाकेटीमा आत्मनिर्भर नहुने, बीचमै पढाइ छुट्ने, स्वास्थ्य बिग्रने र झगडा सुरु हुनेजस्ता समस्या हुन्छन्।’भुसालले किशोरीको शारीरिक प्रजनन् अवस्थामा समस्या, गर्भपतन, जन्मान्तर कायम गर्न नसक्ने, फिस्टुला, पाठेघरको समस्यालगायत धेरै कुरामा असर हुने गरेको जानकारी दिए। सानै उमेरको विवाहले पछिल्लो समय सम्बन्ध–विच्छेद बढ्दै गएको जिल्लाका सरोकारवाला बताउँछन्।

२०७६ पुष २९ गते १०:३१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: