A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionueup3dep6nhnglmbet7ku5ej24pl5n9a): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

गुल्मीमा महिला र बालबालिका हराउने क्रम बढ्यो

गुल्मीमा पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीमा पछिल्ला केही वर्षको तथ्यांक हेर्दा जिल्लामा महिला तथा बालबालिकाहरू हराउनेको संख्या वृद्धि भइरहेको पाइएको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीमा मानिस हराएका उजुरीमा वृद्धि हुँदै गएको महिला  तथा बालबालिका फाँटले जनाएको छ। जिल्ला प्रहरी कार्यालयको आर्थिक वर्ष २०७४–७५ को पछिल्लो १० महिनाको मात्रै तथ्यांक हेर्ने हो भने १ सय जना मानिसहरू हराएका छन। आर्थिक वर्ष ०७२–७३ मा कूल ७९ जना मानिस हराएका थिए भने आर्थिक वर्ष ०७३–७४ मा वृद्धि भई ९० पुगेको थियो। अहिले १० महिनाकै अवधिमा १ सय जना हराइसकेका छन। हराएकाहरूमध्ये सबैभन्दा धेरै महिला ७० जना छन्। जुन कूल संख्याको करिव ७० प्रतिशत हो। त्यसै गरि बालिका १५ र बालक ८ जना हराएका छन। महिला तथा बालबालिका फाँटकी प्रहरी जवान झरना परियारका अनुसार ९ जना पुरुषहरू हराएका छन्। हराएकामध्ये अहिलेसम्म २० जना मात्र फेला परेका छन् भने  ८० जना सम्पर्कमा नआएको परियारले बताइन।

फेला नपर्नेहरूमा पनि बढी महिला तथा बालबालिकाहरू नै रहेको प्रहरीले जनाएको छ। गत फागुन १४ गते श्रीमान विदेशमा रहेकी रेसुङ्गा नगरपालिका १२ की २७ वर्षीय सकुन्तला घर्तीले १ छोरालाई घरमा छाडेर हिडेको र अहिलेसम्म फेला नपरको परिवारले जनाएको छ। परिवारका सदस्यहरूले २ दिनसम्म आफन्त लगायत विभिन्न ठाउँमा खोज्दा फेला पार्न नसकेपछि प्ररहीमा उजुरी दिएपनि फेला पार्न नसकेको देवर राम बहादुर घर्तीले बताए। त्यस्तै रुरु गाउँपालिका ५ बम्घाकी २७ वर्षीया हेमा राना पनि चैत १ गते कपडा धुन भन्दै घरबाट हिडेकी र अहिलेसम्म फर्केकी छैनन्। उनको ४ दिनसम्म खोजतलास गर्दा कुनै पत्तो नलागेपछि सासु यममाया रानाले चैत ५ गते जिल्ला प्रहरी कार्यालय गुल्मीमा बुहारी हराएको उजुरी दिइन्। प्रहरीमा हराएको उजुरी दिएपनि अहिलेसम्म बुहारीको कुनै अत्तोपत्तो नभएको यममायाले बताइन। रेसुङ्गा नगरपालिका ८ का १५ वर्षीया दिपक खनाल पुस २५ गते घरबाटै हराए। सोहि दिननै आमा पार्वती खनालले जिल्ला प्रहरी चौकिमा छोरा हराएकोले खोजी गरिदिन भन्दै उजुरी दिइन्। हराएकै दिन प्रहरीमा उजुरी दिएपनि छोराको कुनै पत्तो लागेन पार्वती खनालले भनिन‘ कहाँ गयो गयो, छोरा आउने दिनको आशामा बसिरहेकी छु।’ साउनदेखि अहिलेसम्म हराएका मध्ये १० जना पनि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीका अनुसार हराएपछि प्रहरीमा उजुरी दिने फेला परेपछि हामीलाई खवर नगर्ने भएकाले पनि फेला पर्नेहरूको संख्या कम भएको हो। गुल्मीमा सबैभन्दा बढी साउन महिनामा मानिसहरू हराएको चौधरीले बताए। साउन महिनामा सबैभन्दा बढी १९ जना हराएको उजुरी आएको छ चौधरीले भने ‘महिला ९ जना, बालबालिका ७ जना र पुरुष ३ जनाको उजुरी आयो। प्रहरी कार्यालयमा भागि बिवाह, श्रीमान–श्रीमतीको झगडा लगायतका कारणले घर छोडेपछि पनि हराएको भन्दै उजुरी आउछन्। प्रहरीका अनुसार असोजमा १३, कार्तिकमा ११ मंसिरमा १० जना हराए। माघ महिनामा १२ जना महिला, दुई बालिका र एक बालक गरी १५ जना हराएका छन भने फागुनमा १४ जना हराए।

हराउनेमा १६ देखि २५ वर्षसम्मका महिला बढी
जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार सबैभन्दा बढी महिला हराएका छन्। तिमध्ये १६ देखि २५ वर्ष उमेर समूहका सबैभन्दा बढी हराउने गरेको पाइएको छ। बिवाह गर्दा भागेर जानु र माइती पक्षले हराएको भनेर उजुरी दिनु तथा भेटिएपछि प्रहरीको सम्पर्कमा नआउनु महिला हराउनुको प्रमुख कारण बनेको प्रहरी सहायक निरीक्षक सत्य यादवले बताए। त्यस्तै अधिकाशं पुरुषहरू रोजगारीको लागि विभिन्न ठाउँमा जाने र श्रीमती अर्कैसँग जानुले पनि महिला हराउनेको संख्यामा वृद्धि भएको हो। त्यसभन्दा बाहिर शारीरिक अपाङ्ग, मानसिक असन्तुलन, घरपरिवारको झगडा, सामाजिक अपहेलना आदि कारणले गर्दा पनि महिलाहरू हराउने गरेको यादवले बताए। स्वदेशमै रोजगारको सिर्जना र जनतामा राष्ट्रियताको भाव जागृत गराउन सकेमा पनि बैदेशिक रोजगार कम हुने र त्यसले हराउने मानिसको संख्यामा कम हुने उनको भनाई छ। ‘स्वदेशी उत्पादनलाई बढवा दिने, सरकारी निकयाबाट कृषि जस्ता शीर्षकमा अनुदान र प्रोत्साहनको ब्यवस्था, जनचेतामा वृद्धि आदि जस्ता काम गरेमा रोजगारी सिर्जना हुन्छ।’ उनले भने, ‘यसो भएसँगै परिवारमा मेलमिलाप हुन्छ र हराउनेहरूको संख्यालाई कम गर्न सकिन्छ।

 २०७५ वैशाख १६ गते १२:२६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: