समाचारमा बालबालिका

‘बाल विवाह यता रोकिन्छ, सीमापारि गएर हुन्छ’

काठमाडौंमा कार्यरत प्रहरी जवान बुलेट यादव बिदामा घर आएका बेला गरेको अभियोगमा पक्राउ परे । पर्सा प्रहरीले बिहीबार उनलाई पक्राउ गरी सार्वजनिक गरेको छ । वीरगन्ज महानगरपालिका–२७ का उनलाई उदयपुरको घुर्मीबाट प्रहरीले पक्राउ गरेको पर्सा जिल्ला प्रहरीले जनाएको छ । उनी पक्राउ पर्नुको कारण हो, । पर्सा प्रहरीका अनुसार यादवले भाइहरूको गराउन लागेका थिए । त्यसबारे खबर आएपछि पर्सा प्रहरीले उनलाई धेरै सम्झाइबुुझाइ ग¥यो तर अटेर गरी विवाह गराउन खोज्दा नियन्त्रणमा लिएको हो । पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले १२/१३ वर्षका दिदीबहिनीसँग उनले ३० र ३२ वर्षका दाजुभाइको विवाह गराउन खोजेको बताए । ‘बाल विवाह भइरहेकोबारे स्थानीयबाट पर्सा प्रहरीलाई सूचना आयो’, उनले भने, ‘हामी तत्काल सम्बन्धित ठाउँमा पुुगेर सम्झाइबुुझाइ गरी विवाह रोक्न सफल पनि भएका थियौं । तर, प्रहरीको धाक लगाएर यादवले विवाहको कार्यक्रम अघि बढाएको जनाइएको छ । ‘जसरी पनि यो विवाह गराएरै छाड्ने भन्दै उनी प्रहरी टोलीसँग विवादमा उत्रिए’, उनले भने, ‘त्यसैले उनलाई नियन्त्रणमा लिइएको हो ।’ अहिले उनी पर्सा प्रहरीको हिरासतमा छन् । १४ वैशाखमा तय गरिएको विवाह मुद्दा चलेपछि रद्द भएको छ । योसहित पर्सामा चालु वर्ष ५ वटा बाल विवाह उद्योगमा मुद्दा दर्ता भएको छ । ५० जनाको विवाह रोकी अभिभावकको जिम्मा लगाइएको पर्सा प्रहरीले जनाएको छ ।

धनुुषामा पनि गत बुधबार प्रहरीले बाल विवाह रोक्यो । धनुषाधाम वडा नम्बर ५ निवासी श्याम महतोकी १५ वर्षीया छोरीको विवाह रोकिएको धनुुषा प्रहरीले जनाएको छ । बारामा कम उमेरका सयभन्दा बढीको विवाह रोकी अभिभावकको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताए । रौतहट, सर्लाही, महोत्तरी, धनुुषालगायत जिल्लामा ५० भन्दा बढी बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको छ । सिरहामा ३, सप्तरीमा ४ वटा विवाह रोकिएको प्रहरीले जनाएको छ । बाल विवाह नघट्नुमा खुला सीमा कारक रहेको सिरहा प्रहरीको आकलन छ । सिरहाका एसपी शेखर कोइरालाले भने, ‘हामी यता बिहे रोक्छौं, पछि थाहा हुन्छ पारि गएर बिहे भयो ।’ बाल विवाह नरोकिनुमा भारतसँगको खुला सिमाना पनि कारक रहेको उनको भनाइ छ । शिक्षा र चेतनाको कमीले बाल विवाह ठूलो समस्या बन्दै गएको जनकपुरका समाजसेवी सुरेन्द्र लाभको ठम्याइ छ । ‘तराई–मधेस पुरानो परम्पराबाट जकडिएको समाज हो’, उनले भने, ‘यसको न्यूनीकरणका लागि सबैमा जनचेतना जगाउनुपर्छ ।’पछिल्लो समय बाल विवाह रोक्न शिक्षित अगुवा अग्रसर भएको प्रहरी अधिकारी बताउँछन् । उनीहरूका अनुसार बाल विवाहका घटनाबारे स्थानीयले नै प्रहरीलाई जानकारी गराउन थालेका छन् । प्रहरीले सार्वजनिक गरेका नम्बरमा यस्ता घटनाको जानकारी आउने गरेको पर्साका एसपी रेग्मीले बताए । ‘यो नम्बर सबैलाई थाहा छ’, उनले भने, ‘कहीं बाल विवाह भयो कि तुरुन्त स्थानीयबाट हामीलाई खबर आउँछ ।’बाल विवाहका कारण उमेर नपुगी नै गर्भवती हुनेको संख्या बढ्दो छ । यसरी गर्भवती हुनेको उमेर १६ देखि १९ वर्ष रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । कम उमेरमै आमा बन्नेमा जनजाति, दलित, मधेसी, मुस्लिम समुदायका बढी छन् । कम उमेरमै आमा बन्दा पाठेघर खस्ने, जन्मने शिशुको तौल कम हुने र विभिन्न प्रकारका प्रजननसम्बन्धी समस्या देखापर्ने चिकित्सक बताउँछन् । शिशुको तौल निकै कम हुने गरेको नारायणी उपक्षेत्रीय अस्पतालले जनाएको छ । कम उमेरका आमाबाट जन्मिएका बच्चाको शरीरमा प्रतिरोधात्मक क्षमता कम हुँदा निमोनिया र कुपोषणको सम्भावना बढी रहने वीरगन्ज आसाराम अस्पतालकी प्रमुख निभा दासले बताइन् । २० वर्ष उमेर पुगेपछि मात्र विवाह गर्न पाउने कानुनी प्रावधान रहे पनि यहाँ कार्यान्वयन हुन सकेको छैन । कानुनअनुसार १० वर्षभन्दा कम उमेरका बालिकासँग विवाह गरे महिनादेखि ३ वर्षसम्म कैद, १० देखि १४ वर्षसम्मको हकमा ३ महिनादेखि १ वर्षसम्म कैद र १४ देखि १८ वर्षका हकमा ६ महिनासम्म कैद र जरिवानाको व्यवस्था छ । त्यसतै १८/२० सम्मको केटाकेटीको हकमा भने ६ महिनासम्म कैद र जरिवानाको कानुनी व्यवस्था रहेको अधिवक्ता कमलमोहन पोखरेलले बताए ।

२०७५ वैशाख १५ गते प्रकाशित