A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session572cb3co34obh7acsgppn2m8785iih64): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

२८ महिने बालिका बलात्कृत

मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेमा २८ महिने बालिकाको बलात्कार भएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङमा परेको उजुरी अनुसार ६८ वर्षीय लालप्रसाद शेरचनले नाबालिकालाई बलात्कार गरेका हुन्। बालिकाको घरमा गइरहने शेरचनले गएको शनिवार बालिकाको बुबा र आमा घरमा नभएको मौका छोपी बालिकालाई जबरजस्ती करणी गरेको मुस्ताङका प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले बताए। आफू घरबाहिर दाउरा चिर्दै गर्दा शेरचनले बालिकालाई काखमा खेलाइरहेको बालिकाकी आमाले बताएकी छिन्। एक्कासी बालिका रोएको आवाज सुनेर घरभित्र पस्दा शेरचनले करणी गर्दै गरेको दृष्य देखेको उनले बताइन्। लगत्तै शेरचन त्यहाँबाट भागेका थिए। बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालय लेतेलाई मौखिक जानकारी गराएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिए।

करणी मुद्दाका अभियुक्त सात वर्षपछि पक्राउ 
जिल्ला अदालत जोमसोमबाट जबरजस्ती करणीमा मुद्दामा कैद सजाय सुनाइएका एक अभियुक्त पक्राउ परेको प्रहरीले जनाएको छ। २०६३ सालमा जबरजस्ती करणी मुद्दामा धरौटी तारिखमा छुटेका घरपझोङ गाउँपालिका ३ स्याङ बस्ने ६४ वर्षीय धनबहादुर थकालीलाई २०६८ सालमा पुनःजिल्ला अदालत मुस्ताङले १० वर्ष कैद सजाय तोकेको थियो। अदालतले कैद सजाय तोकेपछि फरार रहेका थकालीलाई प्रहरीले सातवर्षपछि मुस्ताङबाटै पक्राउ गरेको हो।

२०७५ वैशाख १३ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: