A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiono6vevtqhto8rfmml12712mhqt7r6obts): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पत्नी काठमाडौँ नआएको रिसमा दुई छोराको हत्या

दुई जना झट्केला छोराको हत्या अभियोगमा बाबु पक्राउ परेका छन् । काठमाडौँको शान्तिनगरस्थित भवानी सापकोटाको घरमा बस्दै आएका २४ वर्षीय दिलिप यादवलाई दुईजना झट्केला छोराको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार पत्नीको रिसले दिलिपले गत वैशाख ९ गते घाँटी कसेर झट्केला छोराहरु ८ वर्षीय सुशील सरदार र ६ वर्षीय सुजल सरदारको हत्या गरेको दिलिपले स्विकारेका छन्  । श्यामसुन्दर सरदारकी पत्नी सम्झना सुन्दासलाई उनले एक वर्षअघि आफ्नी पत्नी बनाएका थिए । त्यसक्रममा उनले श्यामसुन्दरतर्फका दुई छोरालाई पनि ल्याएका थिए । तर उनले झट्केला छोराहरुमाथि कुटपिट गर्न थालेपछि सम्झनाले त्यसो नगर्न बताउँदै आएकी थिइन् । यसबीचमा सम्झना अलग्गै बस्न थालेकी थिइन् । कामको खोजीमा सम्झना बिराटनगर गएपछि उनले पटक पटक काठमाडौँ आउन भनेका थिए । तर उनी काठमाडौँ नआएको रिसमा दुवै झट्केला छोराको घाँटी कसेर हत्या गरेको तथ्य प्रहरीले फेला पारेको हो । एक महिना अगाडी सम्झनालाई पटक पटक काठमाडौँ आउन भनेपछि उनी मानेकी थिइनन् । सम्झनाले काठमाडौँ आउन नमानेपछि दिलिपले छोराहरुको ज्यान लिने धम्की दिँदै आएको कुरा पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । अपराध महाशाखाको दुई झट्केला छोराको हत्या अभियोगमा पक्राउ परेका दिलिपलाई आवश्यक कानुनी कारवाहीका लागि महानगरीय वृत्त बानेश्वर पठाइएको जानकारी दिएको छ। 

२०७५ वैशाख १६ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: