A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionu4kuek22of93856i45d9p5h6cm04ecek): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बाल विवाह गर्दै विद्यालय छोड्दै

दुल्लू नगरपालिका–१२ की मनिषा नेपाली ९नाम परिवर्तन०ले कक्षा ६ पढ्दै गर्दा विवाह गरिन्। विवाह पश्चात घर परिवारका सदस्यले प्रहरीमा खबर गरे। प्रहरीमा खबर भएपछि प्रहरीले मनिषा र विवाह गर्ने केटालाई जिल्ला प्रहरी कार्यालयमा ल्याई आ–आफ्नो घरमा बस्ने सहमतिमा घर पठाए। जिल्ला प्रहरीबाट आ–आफ्नो घरमा जाने सहमतिमा घर गएका उनीहरू केहीदिन नबित्दै पुनः घर परिवारको सल्लाहमा मनिषा आफ्नो श्रीमानको घर गइन्। कक्षा ६ मा पढ्दै गरेकी मनिषा विवाह पश्चात लाज हुने डरले विद्यालय भर्ना समेत भइनन्। ‘घरमा आमा बाहेक अरु काम गर्ने कोही छैन श्रीमान काम गर्न भारत जानुपर्छ त्यसकारण म विद्यालय जान सकेन’ उनले भनिन्। श्रीमानले विद्यालय पढाउन खोजे पनि घरको काम धन्दाले उनलाई विद्यालय जाने फुर्सद नभएपछि पढ्नबाट वञ्चित भइन्। ‘भएका दाईहरू सबैले विवाह गरेर अलग बस्नुभयो आमा बिरामी हुनुहुन्छ। घरमा खाना पकाएर खानदिने कोही छैनन्। बुबाले लिएको ऋण तिर्न लगातार सात वर्षदेखी भारतमा मजदुरी गर्दै आएको छु। त्यसैकारण मैले सानै उम्मेरमा विवाह गरे।’ मनिषाका श्रीमानले भने। मनिषा जस्तै गरेकी दुल्लू नगरपालीका–११ की कामना नेपाली ९नाम परिवर्तन०ले कक्षा ८ पढ्दै विवाह गरिन्। विवाह गरेको केही महिनामै श्रीमान भारत गए। सानै उमेरमा विवाह गरेपछि घरको काममै व्यस्त भइन्। अहिले विद्यालय जान नपाएर कामनालाई पछुतो लाग्ने गरेको छ। ‘सानै उमेरमा विवाह गरे। घरको कामधन्दाले विद्यालय जाने समय नै छैन। अहिले पढ्न नपाएर पछुतो लागेको छ।’ उनले भनिन्। समाजमा एक पछि अर्को बाल विवाह हुने प्रमुख कारण देखासीकी र गरिबी रहेको जानकारहरू बताउछन्। घरमा आर्थिक अवस्था कमजोर भएका कारणले अधिकाशं परिवारमा सानै उमेरमा विवाह गरेको पाइन्छ।

२०७५ वैशाख १० गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: