A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionqohkdu8k0qbo9q9rlugqilv0cnbr9nnr): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

१४ वर्षकी बालिकाको पेटमा आफ्नै बाबुको गर्भ

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न अपराधमा संलग्न अभियुक्तहरूलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। जिल्लामा भएका शृङ्खलाबद्ध चोरी, सार्वजनिक अपराध तथा जबर्जस्ती करणी जस्ता जघन्य अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुलाई सार्वजनिक गरिएको हो। प्रहरीले केही समययता सफल भएका अपरेशनहरूको बारेमा पत्रकारहरूलाई जानकारी गराएको हो ।

चार वर्षदेखि आफ्नै छोरीलाई करणी गर्ने पक्राउ

आफ्नै छोरीलाई ११ वर्षको उमेर देखि डरधम्की देखाई जबर्जस्ती करणी गर्दै आएका ५० वर्षीय बाबुलाई पनि प्रहरीले आइतबार पक्राउ गरेको छ। गत चैत २९ गते विहान १० बजे घरमा कोही नभएको मौका पारी खाना बनाउँदै गरेकी छोरीलाई डर धम्की दिएर जबरजस्ती करणी गरेको र पीडितले आमालाई बताएपछि आमाले प्रहरीलाई उजुरी गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। हाल १४ वर्षकी ती बालिकाको पेटमा गर्भ रहेको छ।

२०७५ वैशाख १० गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: