A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioni2eks1jaeup76alsdp1v6rdau70qn8sr): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

असुरक्षित बन्दै बालिका

बाबुले निरन्तर जबर्जस्ती करणी गर्दै आएको भन्दै १३ वर्षीया बालिकाले गत वैशाख २३ मा इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिइन् । प्रहरीले तत्काल ३० वर्षीय बाबुलाई पक्राउ गरी हाडनाता करणीमा मुद्दा चलायो । जिल्ला अदालतको आदेशले उनी अहिले पुर्पक्षका लागि कारागारमा छन् । ८ वर्षीया बालिकालाई आफ्नै दाजुले करणी गरेको भन्दै गत चैत २३ गते जिल्ला प्रहरीमा जाहेरी पर्‍यो । बालिका रक्तस्रावका कारण गम्भीर बिरामी भएपछि घटना बाहिर आएको थियो । २३ वर्षीय अभियुक्त ट्रिपर चालक हुन् । उनलाई जिल्ला अदालतले वैशाख २० मा पुर्पक्षका लागि कारागार पठाइसकेको छ । फागुन १३ मा घोराहीकी १० वर्षीयालाई दाजु नाता पर्ने २० वर्षीय युवकले बलात्कार प्रयास गरेको भन्दै जाहेरी पर्‍यो । प्रहरीले पक्राउ गरी मुद्दा चलायो । आरोपित पुर्पक्षका लागि कारागारमा छन् । घोराहीकी ११ वर्षीयाले भिनाजु नाता पर्ने २५ वर्षीय युवकले बलात्कार गरेको भन्दै माघ ३ मा प्रहरीमा जाहेरी दिइन् । ती युवक पुर्पक्षका लागि कारागारमा छन् । आफन्तबाटै बालिका करणीमा परेका यी प्रतिनिधिमूलक घटना हुन् । पछिल्लो समय जिल्लामा बलात्कारका घटना बढिरहेका छन् । त्यसमा पनि अधिकांशका अनौठा र अपत्यारिला रूप देखा परेका छन् । कतिपय जन्म दिने बाबुबाटै बलात्कृत भएका घटना छन् त कति नजिककै नातेदारबाट । कतिपय वृद्धले बालिकामाथि अत्याचार गरेका छन् भने कतिपय बालकले वृद्धालाई । अनेक रूपमा यस्तो अपराध बढ्दो छ । घरपरिवारकै सदस्यबाट बलात्कार हुने क्रम पनि चिन्ताजनक अवस्थामा छ । सुरक्षित भनिएको घर नै असुरक्षित भएपछि बालिका बचाउन कठिन भएको छ ।

निसानामा बालिका
यस्तो अपराधको निसानामा बालिका छन् । पछिल्लो ६ महिनामा जिल्लामा २७ बलात्कारका घटना भए । तिनमा २३ बालिका पीडित छन् । तीन वृद्धा र एक किशोरी पनि सिकार भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अनुसार ३ देखि १६ वर्षसम्मका बलात्कारमा परेका छन् । यो संख्या विगतको भन्दा दोब्बर भएको इन्सेक जिल्ला प्रतिनिधि जेएन सागरले बताए । नजिकको नाता पर्नेबाट करणी भइरहेको उनले बताए । ‘बाबु, दाजु, भिनाजुजस्ता घरभित्रकै सदस्यबाट बालिका बलात्कार भएका घटना धेरै छन्,’ उनले भने, ‘यसले बालिका घरभित्रै असुरक्षित छन् भन्ने देखाउँछ ।’ २५ प्रतिशत बलात्कारका घटना प्रहरीमा नपुग्दै मिलापत्र हुने गरेको पनि उनले बताए । सजिलै प्रलोभनमा पार्न सकिने भएकाले बालबालिका अपराधको सिकार हुने गरेको प्रहरी निरीक्षक राजन गौतमको दाबी छ । ‘बालबालिका सानो कुुरामा सजिलै लोभिन सक्छन् । गलत मनसाय भएको व्यक्तिले उनीहरूलाई सजिलै फसाउन सक्छन्,’ उनले भने, ‘केही कुरामा लोभ देखाउने र आफ्नो स्वार्थ पूर्ति गर्ने प्रवृत्ति छ । अभिभावकको संरक्षण नभएका बालबालिकालाई यस्तो जोखिम बढी हुन्छ ।’ पछिल्लो तीन वर्षमा नौ बालक बलात्कारमा संलग्न रहेकाले मुद्दा नै चलेको छ । पारिवारिक विखण्डन, आर्थिक अभाव, अशिक्षा र परिवारको बेवास्ताजस्ता कारणले बालबालिका अपराधमा लाग्ने गरेको उनले बताए ।

अनेक रूप
बलात्कारका अनेक रूप देखिएका छन् । कतिपय वृद्धबाट कलिला नानी बलात्कृत भएका छन् । किशोरले वृद्धालाई बलात्कार गरेका घटना पनि छन् । बालक नै बालिका करणीमा संलग्न भेटिएका छन् । सामूहिक बलात्कारका घटना छन् । गत माघ १२ गते बिहान तरकारी बिक्री गर्न आइरहेकी ४८ वर्षीयालाई घोराहीका १७ वर्षीय अमर चौधरीले बाटोमै बलात्कार गरे । प्रहरीले माघ १५ गते पक्राउ गरी मुद्दा चलायो । जिल्ला अदालतले फागुन ८ गते उनलाई ५ वर्ष कैद र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने फैसला गर्‍यो । चैत २४ मा बंगलाचुली गाउँपालिका ६ का ५१ वर्षीय तिलबहादुर महराले ६६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा जाहेरी पर्‍यो । घरभित्र आराम गरिरहेका बेला एक्कासि मुख छोपेर बलात्कार प्रयास गरेको पीडितले बताइन् । चिच्याउँदै गर्दा कामबाट फर्कंदै गरेकी बुहारीले बचाएको उनले बताइन् । जिल्ला अदालतले वैशाख २३ गते महरालाई पुर्पक्षका लागि कारागारमा राख्न आदेश दियो । उनी अहिले कारागारमा छन् । वैशाख १६ गते बबई गाउँपालिका ६ का ६९ वर्षीय बुद्धिराम थापाले बाख्रा चराउन जंगल गएकी ८ वर्षीयालाई बलात्कार गरेको अभियोग लाग्यो । वैशाख १७ गते थापालाई पक्राउ गरी जबर्जस्ती करणीको मुद्दा चलाइयो । जिल्ला अदालतको जेठ १ को आदेशले उनी अहिले पुर्पक्षका लागि कारागारमा छन् । जेठ १७ गते तुलसीपुर उपमहानगरपालिका ३ का १८ वर्षीय यमबहादुर घर्तीले २५ वर्षीया महिलालाई राति पसलमा सामान किन्न बोलाएर बलात्कार गरेको अभियोग लाग्यो । घर्तीलाई जेठ २० मा पक्राउ गरी जबर्जस्ती करणीको मुद्दा चलाइएको छ ।

गलत बाटोमा समाज
यस्ता घटना बढदै जानु सभ्य समाजका लागि अशोभनीय भएको मानव अधिकार सञ्जालका संयोजक केशवकुमार शर्माले बताए । ‘समाज सभ्य र शिक्षित हुनुको साटो झन्झन् क्रूर र आपराधिक बाटोमा गइरहेको छ,’ उनले भने, ‘बालिकाहरूले आफ्नै घरमा पनि सुरक्षा पाउन सकेका छैनन् । अभिभावकबाट नै खतरा भएपछि बालिकाहरू कसरी बचाउने रु’ समाज गलत बाटोमा गइरहेको नागरिक समाज संयोजक चन्द्रराज पन्तले बताए । एकपछि अर्को बलात्कारका घटना हुनुले समाजको खराब चित्रण गर्ने उनले बताए । ‘बालकदेखि वृद्धसम्म बलात्कारमा संलग्न छन् । घरपरिवारदेखि आफन्तसम्म अपराधमा संलग्न छन्,’ उनले भने, ‘यस्तो प्रवृत्तिले समाजलाई सही बाटो दिन सक्दैन । आपराधिक क्रियाकलापमा कुनै पनि सम्झौता हुनु हुँदैन । दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ । दोषीमाथि कडा कारबाही नहुँदा घटना बढिरहेको महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्रीय सचिव लक्ष्मी आचार्य बताउँछिन् । दोषीहरू सजिलै उम्कने प्रवृत्तिले बलात्कारका पीडितहरू झनै पीडित भइरहेको उनले बताइन् । ‘न्यायका लागि जति हारगुहार गर्दा पनि पीडितलाई चित्तबुझदो न्याय प्राप्त भएको छैन । दोषी खुलेआम समाजमा शिर ठाडो पारेर हिँडिरहेको हुन्छ,’ उनले भनिन्, ‘यसले पीडितलाई थप दुस्खी बनाइरहेको छ । कानुन कार्यान्वयन फितलो हुँदा बलात्कारीले प्रश्रय पाइरहेका छन् ।घोराही उपमहानगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक सीता न्यौपाने बालिका बचाउन परिवार जिम्मेवार हुनुपर्ने बताउँछिन् । बालिकालाई हुने जोखिमबारे समयमै सचेत हुने र अन्याय परे न्याय खोज्ने बानी बसाल्न आवश्यक रहेको उनले बताइन् ।

 २०७५ असार १९ गते ७:३७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: