A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioni2eks1jaeup76alsdp1v6rdau70qn8sr): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

भिडियो फेला परेपछि पक्राउ परे ‘यौन दुराचारी’ वृद्ध

आठ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरिरहेको भिडियो फेला पारेपछि प्रहरीले यौन दुराचारको अभियोगमा एक वृद्धलाई पक्राउ गरी सार्वजनिक गरेको छ । सप्तरी प्रहरीले बोदे बर्साइन नगरपालिका–९ देउरीका ५५ वर्षीय सूर्यनारायण साहलाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । यौन दुव्र्यवहार गर्दै गरेको भिडियो प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयले आरोपितलाई गिरफ्तार गरी जबरजस्ती करणी उद्योगको उजुरी दर्ता गरेको जनाएको छ । घटनाको भिडियो खिचिएको मेमोरी कार्डसहितको बेनामे पत्र तिलाठी कोइलाडी गाउँपालिका–७ बमनगामा कट्टीस्थित लक्ष्मीबल्लभ नरसिंह माविमा प्राप्त भएपछि शिक्षकहरुले जिल्ला प्रहरी कार्यालयमा बुझाएका थिए । डिएसपी भावेश रिमालका अनुसार लक्ष्मीबल्लभ नरसिंह माविमा बैशाख १६ गते अपाङ्गता भएकी जेठानकी छोरीलाई कक्षा १२ को परिक्षा दिलाउन बिद्यालयको नयाँ भवनमा बसेका आरोपितले पीडितलाई आफ्नो कोठामा लगी यौन दुव्र्यवहार गरेका थिए ।पीडित बालिका अपाङ्गता भएकी परिक्षार्थीलाई पानी खुवाउने र खाना बनाउन सहयोग गर्ने गर्थिन् । यौन दुव्र्यवहार गर्दै गरेको भिडियो कस्ले खिचेको भन्ने पत्ता लाग्न नसकेको प्रहरीले जनायो । आरोपित जिल्ला मालपोत कार्यालयमा लेखापढी व्यवसाय गर्दै आएका छन् ।

२०७५ असार २० गते ५:२७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: