A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessione6qcnovqdic8ecqqencq4spc010kcoor): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पानीमा डुबेर बालकको मृत्यु, बालिका गम्भीर

वीरगञ्जको रामगढवामा बुधबार पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । एक बालिका गम्भीर बिरामी भएकी छन् । वर्षाको पानी जमेको खाल्डोेमा लड्दा पर्साको धोवनी गाउँपालिकाको असवारी घर भई हाल रामगढवामा बस्दै आएका धामुुप्रसाद यादवको सात वर्षीय छोरा आलोक यादवको डुबेर मृत्यु भएको हो ।  ६ वर्षीय छोरी निक्कीकुमारी यादव गम्भीर बिरामी छिन्। सडक निर्माणमा माटो प्रयोगका लागि खनिएको खल्डोमा जमेको  पानीमा डुबेर आलोकको मृत्यु भएको र निक्की गम्भीर बिरामी भएकी जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । उनले घरबाट खेल्न निस्केका भाइबहिनी खाल्डोमा लडेको केही बेरपछि स्थानीयवासीले उद्धार  गरेका थिए ।  दुवै जनालाई उपचारका लागि वीरगञ्जको नारयाणी उपक्षेत्रीय अस्पतालमा लैजाँदा चिकित्सकले आलोकलाई मृत घोषणा गरेका हुन्। मृतकको शवपरीक्षणका लागि उपक्षेत्रीय अस्पतालमा राखिएको छ भने गम्भीर बिरामी भएकी निक्कीको उपचार वीरगञ्जकोे भेडियाहीमा अवस्थित नेशनल मेडिकल कलेजमा भइरहेको छ । 

२०७५ असार २० गते ८:४८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: