A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session769llii41uuq814fts1n3lrrrjlgd461): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बाढीले बगायो चारजना विद्यार्थी, एकको मृत्यु, एक बेपत्ता, दुईको उद्धार

आइतवार रातिदेखि परिररहेको अविरल वर्षाका कारण पर्सागढी नगरपालिकास्थित पन्थी नदीमा आएको बाढीले बगाउँदा एक विद्यार्थीको मृत्यु भएको छ । अर्का एक विद्यार्थी बेपत्ता भएका छन् । दईजनाको उद्धार गरिएको छ । पर्सागढी नगरपालिका–४ मा रहेको पन्थी नदीमा आएको बाढिले सोमबार बिहान चारजन विद्यार्थीलाई बगाएको थियो । जसमा एकजनाको मृत्यु भएको छभने अर्का एकजना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । बाढीले बगाएर पर्सागढी नगरपालिका–४ की १५ वर्षीया प्रतिमा रामको मृत्यु भएको हो । बगाएका पर्सागढी–८ का १५ वर्षीय सुरेन्द्र महतोको अवस्था अज्ञात छ । त्यसैगरी बाढिले बगाएका त्यही गाउँकी १५ वर्षीया संगीता चौरसिया र १५ वर्षीय सुमन पासवानको भने स्थानीयले उद्धार गरेका छन् । उद्धार गरिएकामध्ये घाइते संगीतालाई उपचारका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको पर्साका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । उद्धार गरिएका  सुमनको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक थापाले बताए ।  पर्सागढी नगरपालिका–४ बर्वाछटौलीमा रहेको नेपाल राष्ट्रिय आधारभूत उच्च माविमा सोमबार बिहान परीक्षा दिएर घर फर्कँदै गरेका उनीहरुलाई पन्थी खोलाको बाढीले बगाएको थियो । विद्यालयबाट एकैसाथ घर फर्किरहेका चार विद्यार्थीलाई बाढीले बगाएपछि माछा मारिरहेका स्थानीयले उद्धार गरेको पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवले बताए । बेपत्ता सुरेन्द्रको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक  थापाले जानकारी दिए । सदरमुकाम वीरगन्जबाट पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल र प्रहरी उपरिक्षक रेवती ढकालसहितको टोली घटनास्थलतर्फ गएको थियो । तर ठाँउ ठाँउमा आएको बाढीले घटनास्थलसम्म उक्त टोली पुग्न नसकेर बाटोमै रोकिएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।  

२०७५ असार १८ गते ३:३५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: