A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session572cb3co34obh7acsgppn2m8785iih64): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

छाउगोठमा बलात्कार

महिनाबारी भएर घरदेखि टाढाको छाउगोठमा सुतिरहेकी एक किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन् । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई स्थानीय तीन किशोरले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ। छाउगोठमा सुतिरहेकी किशोरीलाई सोमबार राति १२ बजेतिर चेतन गिरी, जनक शर्मा र पदम गिरीले बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । तीनैजनालाई प्रहरीले पक्राउ गरेको छ । किशोरीको स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । प्रहरीका अनुसार महिनाबारी भएका दुई किशोरी घरदेखि टाढाको छाउगोठमा सँगै सुतिरहेका थिए । तीमध्ये एकलाई राति १२ बजे छाउगोठबाट बाहिर निकालेर अर्कीमाथि बलात्कार भएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा सँगै सुतिरहेका मध्ये एउटा किशोरीलाई भगाएर अर्कीलाई छाउगोठभित्रै सामूहिक बलात्कार गरेको पाइएको छ’, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले भने, बलात्कारमा संलग्न तीनैजनालाई मंगलबार पक्राउ गर्न सफल भएका छौं, थप अनुसन्धान जारी छ ।’ बलात्कारमा संलग्न मध्ये पदम १४, चेतन १५ र जनक १८ वर्षका छन्। पीडितसँगै सुतकी किशोरीले राति १२ बजेतिर आफूलाई छाउगोठबाट निकालिएको बताइन् । ‘तीनजनामध्ये पदम गिरीले मलाई छाउगोठबाट बाहिर निकाल्यो, म डराएर खेतमा गएँ’, प्रहरीसमक्ष दिएको बयानमा ती किशोरीले भनेकी छन्, ‘सँगैकी साथीलाई बलात्कार गरेछन्, बिहानमात्रै थाहा पाएँ । प्रहरीका अनुसार घरदेखि टाढाको ठाउँ भएकाले आफन्तले मंगलबार बिहानमात्रै घटनाका बारेमा जानकारी पाएका थिए । आफन्तले घटनाबारे जानकारी दिनेबित्तिकै हामीले टोली खटाएका थियौं’, इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले भने, ‘गाउँमै लुकेर बसेका तीनैजनालाई पक्राउ गर्न सफल भयौं ।’ प्रहरीले बुधबार जिल्ला अदालतबाट म्याद थप गराएर घटनाको विस्तृत अनुसन्धान सुरु गरेको छ ।सुर्खेतको पश्चिमी क्षेत्रमा महिनाबारी हुँदा घरदेखि टाढाको खरले छाएको सानो छाप्रोमा पाँच दिनसम्म बस्नुपर्छ । झ्यालढोका नहुने भएकाले महिलाका लागि छाउगोठ अत्यन्तै असुरक्षित मानिन्छ ।

२०७५ असार २१ गते ६:२६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: