A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvpim7ssdtu417rj7jr08gsfe83atta6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

रौतहटमा सर्पले डसेर ३ बालिकाको मृत्यु

रौतहटमा सर्पले टोकेर एक हप्तामा तीन बालिकाको मृत्यु भएको छ। विषालु सर्प गोमनको टोकाइबाट गरुडा नगरपालिकामा एक र गढीमाइ नगरपालिकामा एकै परिवारका दुई बालिका रहेको जिल्ला अस्पताल गौरले जनाएको छ। अस्पतालका अनुसार गरुडा १ जयनगरकी १२ बर्षिया ताराकुमारी पण्डितको शुक्रबार खाना पकाउनका लागि दाउरा लिन गोठमा गएको बेला गोमन सर्पले टोक्दा मृत्यु भएको थियो। गोमन सर्पले टोकेपनि समयमै अस्पतालमा नलगी धामीझाक्री संग झारफुकमै समय व्यतित गराएका कारण बिषको प्रभाव अत्याधिक भई अस्पताल पुग्नु अघिनै उनको बाटोमै मृत्यु जिल्ला अस्पताल गौरका आकस्मिक कक्षका इन्चार्ज रबीन्द्र झाले नागरिकन्युजलाई बताए। यस्तै गढीमाई नगरपालिका वडा नम्बर २ का समशुल मियाका छोरीहरु ७ बर्षिया सावरिन खातुन र ३ बर्षिया सवनम खातुनको ज्यान गएको छ। गत शनिवार राति १२ बजेको समयमा दिदीबहिनी सँगै सुतिरहेको अवस्थामा गोमन सर्पले टोकेको थियो। सर्पले टोकेपछि परिवारजनले दुवै वालिकाको उपचारको लागि एम्बुलेन्स मगाउँदा एम्बुलेन्स समयमा नआएपछि सवनमको घरमै मृत्यु भयो भने सावरिनको उपचारको लागि विरगञ्जतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको मृतकका हजुरवुवा जब्बार मियाले बताए। 

खाल्डोमा डुबेर नाबालिकाको मृत्यु
यसैगरी रौतहटको परोहा नगरपालिकामा घर नजिकैको खाल्डोमा डुबेर एक ३ बर्षिया नबालिकाको मृत्यु भएको छ। परोहा नपा ७ का शेख अलाउदीनको ३ बर्षिय छोरी नजमा खातुन खेल्दै गर्दा घर अगाडि रहेको खाल्डोमा जमेको पानीमा डुवेर मृत्यु भएको हो। घरबाट छोरी नजमा हराएपछि निकैबेर खोजतलास गर्दा खाल्डोमा मृत अवस्थामा फेला परेको पीडित परिवारले जनाएका छन्।

२०७५ असार २३ गते ९:११ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: