A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvpim7ssdtu417rj7jr08gsfe83atta6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

अपहरित बालकको अवस्था अज्ञात

जितपुर सिमरा उपमहानगरपालिका–७ बाट एक महिनाअघि अपहरित ९ वर्षीय छोटु भनिने अंकित गुप्ताको अवस्था अझै अज्ञात छ । उनको खबर थाहा नपाउँदा परिवार चिन्तामा डुबेको छ । अपहरणमुक्त गराउन प्रहरीले चासो नदिएको बालकका बाबु ललन गुप्ताले बताए । ‘छोरालाई अपहरणमुक्त गराइदिन सबैसित आग्रह गर्छु,’ उनले भने । अपहरित बालकका आफन्तलाई फिरौतीका लागि भारतीय नम्बरको मोबाइलबाट फोन आइरहेको छ । तर, अपहरणकारीका बारेमा प्रहरीले कुनै कुरा पत्ता लगाउन सकेको छैन । बालकका बाबु ललन जितपुरका चामल व्यापारी हुन् । साथीका घरमा खेल्न गएका बेला अंकितलाई जेठ २२ गते साँझ ७ बजेतिर अज्ञात समूहले अपहरण गरेको थियो । बालकलाई अपहरणमुक्त गर्न भारतीय मोबाइल नम्बरबाट २ करोड रकमको फिरौती माग भइरहेको स्रोतले जनायो । ‘बालकलाई अपहरणमुक्त गर्न प्रहरी टिम परिचालन गरेको छु,’ जिल्ला प्रहरी प्रमुख एसपी मीरा चौधरीले भनिन्, ‘भारतीय प्रहरीसित समन्वय गरेर खोजी कार्य जारी छ ।’ जितपुर सिमरामा केही महिनायता आपराधिक गतिविधि बढेपछि स्थानीय त्रासमा छन् । ‘बालकलाई अपहरणमुक्त गराउन नसक्दा प्रहरीको कार्यक्षमतामा प्रश्न उठेको छ,’ बारा उद्योग वाणिज्य संघका अध्यक्ष विनोद साहले भने, ‘एकाध र साता दिन होइन, महिना बितिसक्यो । कुनै प्रगति छैन ।

२०७५ असार २५ गते ७:३२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: