A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionhppubifs9so887vdimt4umrp1f7qifog): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

कक्षाकोठामा विद्यार्थीको रुवाबासी: एक साता विद्यालय बन्द

घरबाट विद्यालय आउँदा विद्यार्थी ठिकै हुन्छन्। उनीहरूलाई पुरानो रोगले पनि सताएको छैन। टाउको दुख्ने, ज्वरो आउने, पखाला लाग्ने समस्या केही छैन। सबै साथीसँगै प्रार्थना गर्छन्। पहिलो घण्टी पढ्छन्। दोस्रो र तेस्रो घण्टी उनीहरूले पढ्नै सक्दैनन्। विद्यार्थीमा त्यसपछि एकोहोरो रुने, कराउने, काँप्ने, हल्लिने, पेट दुख्ने, छट्पटिने, मुटु दुख्नेजस्ता समस्या देखिन थाल्छ। जिल्लाको दुर्गम गाउँ गौमुखी गाउँपालिका–७ नारीकोट पिपलरुखास्थित अमृत जीवन माध्यमिक विद्यालयका ४७ जना विद्यार्थीमा यस्तै समस्या देखापरेको छ। दैनिक दुई/तीन घण्टा विद्यार्थी कक्षाकोठामै बस्नै सक्दैनन्। शिक्षकलाई सम्झाउनै समस्या परेको छ। असार ५ गतेबाट कक्षा २ देखि सातसम्मका धेरैजसो छात्रालाई उक्त समस्या देखा परेको प्रधानाध्यापक रामचन्द्र गिरीले जानकारी गराए। ‘दुईहप्ता बढी भयो विद्यार्थी कक्षाकोठामा रुन थालेको’, गिरीले भने, ‘स्थानीय स्वास्थ्यकर्मीले चेकजाँच गर्नुभयो। तर, समस्या समाधान हुन सकेन। ३७ जना छात्रा र दशजना छात्रमा समस्या देखिएको उनले जानकारी गराए। ‘तीन कक्षामा पढाउँदै थिएँ’, शिक्षिका पार्वता जिसीले अनुभव सुनाउदै भनिन्,‘पढाइरहेको बेला एक्कासी छात्रा विमला विक रुन थालिन्। उनी रोएको देखेपछि सबै कक्षाका विद्यार्थी रोइकराइ गरे। विद्यार्थीलाई निको हुने आशामा दुई हप्ता बढी समय बितिसक्यो। समस्या झनै जान थालेको शिक्षकको भनाइ छ। ‘भूतप्रेतको आशंकमा अभिभावकको सल्लाह अनुसार पूजाआजा समेत गर्‍यौँ’, प्रधानाध्यापक गिरीले भने, ‘केही गरेपनि समस्या सल्झिएन। झनै बल्झिदै गयो। विद्यार्थीलाई सम्हाल्न नसकेपछि अभिभावकहरूलाई दिनहुँ विद्यालयमा बोलाउने गरिएको छ। अभिभावकले दैनिक दुई/तीन घण्टा छोराछोरीलाई विद्यालयमा गएर सम्झाउने गर्छन्। एक हप्तादेखि पठनपाठन प्रभावित भएको छ। बिहान साढे दश बजेदेखि झण्डै दुई बजेसम्म विद्यार्थीमा उक्त समस्या हुने गरेको छ। धेरैजसो बालबालिकाहरू ६ देखि १६ वर्ष उमेर समूहका छन्। ‘मुटु दुख्ने, आङ काप्ने, भूत आयो, नाइ जादिन, मलाई किन लतारेको’, जस्ता भनाइ बालबालिकाहरूले रुँदै भन्ने गरेका छन्। दिनप्रति दिन विद्यार्थीमा समस्या बढ्दै जान थालेपछि विद्यालय प्रशासनलाई हम्मेहम्मे परेको छ। गतवर्ष समेत यस्तै समस्या देखिएको शिक्षिका विष्णा रोकाले जानकारी गराइन्। १६ दिनदेखि ६ कक्षामा पढ्दै गरेका छोरा सञ्जु सुनार विद्यालयमा रुन थालेपछि पीडा थपिदै गएको आमा हुमा सुनारले गुनासो गरिन्। ‘घरमा केही हुँदैन्’, उनले भनिन्, ‘विद्यालय पुग्यो की रुन थाल्छ।’घटनाको विषयमा बुझ्न बिहीबार प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरे सहितको स्वास्थ्य टोली विद्यालयमा पुगेको छ। ‘विद्यार्थीमा मनोवैज्ञानिक समस्या देखियो’, प्रजिअ घिमिरेले भने, ‘केही विद्यार्थीलाई विशेषज्ञ सेवा दिनुपर्ने देखिएको छ।’ मनोचिकित्सक सहितको विशेषज्ञ टोली ल्याउने विषयमा गृह मन्त्रालयमा जानकारी गराइसकेको उनले बताए। विद्यालयमा पुगेकी प्यूठान अस्पतालमा कार्यरत डा. सोफिया थापाले ‘मास हिस्टरिया’ले गर्दा विद्यार्थीमा यस्तो समस्या देखिएको जानकारी गराइन्। विद्यालयले शुक्रबारदेखि एक हप्तासम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। यसअघि पाँच दिनसम्म विद्यालय बन्द गरेपनि समाधान नभएपछि पुनः बन्द गर्नुपरेको प्रधानाध्यापक गिरीले जानकारी दिए। सुरुमा सातजनामा देखिएको मास हिस्टेरिया क्रमश सबैमा सरेको हो।

 २०७५ असार २१ गते ८:५६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: