आठ वर्षीया बालिका बलात्कार गर्ने ६० वर्षीय बृद्धलाई १० वर्ष जेल
आठ वर्षीया बालिका बलात्कार गर्ने एक बृद्धलाई मोरङ जिल्ला अदालतले १० वर्ष कैद सजाय गरेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका ७ का ६० वर्षीय भिमबहादुर मगरलाई जिल्ला अदालतले आठ वर्षीया बालिका बलात्कार आरोपमा १० बर्ष कैद सजाय गरेको हो । अदालतका मुख्य न्यायाधिश राजुकुमार खतिवडाको इजलासले २४ असार आइतबार पीडितलाई ३० हजार रुपैयाँ जरिवानासहित १० बर्षको कैद सजाय गरेको अदालतका स्रेस्तदार नवराज दुलालले बताए । २०७४ वैशाख २ गते मगरले ललाई फकाई बालिकालाई घरमा बोलाएर करणी गरेका थिए । उक्त्त कुरा खुलेपछि इलाका प्रहरी कार्यालय बेलबारीले मगरलाई पक्राउ गरी अदालतमा बालिका करण अपराध अन्र्तगत मुद्दा दर्ता गराएको थियो ।
२०७५ असार २५ गते प्रकाशित