समाचारमा बालबालिका

सिरहामा खोलामा डुबेर एक बालकको मृत्यु

स्थानीय मैनामती खोलामा डुबेर आज सिरहा नगरपालिका– १५ का कृपाल मण्डलका छ वर्षीय छोरा प्रवीणकुमारको मृत्यु भएको छ । आमासँग नुहाउन जाँदा खेल्ने क्रममा खोलामा डुबेर सिकिस्त भएका बालकको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

२०७५ असार २५ गते प्रकाशित