समाचारमा बालबालिका

पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु

झापाको बिर्तामोड नगरपालिका-७ गरामनिमा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृन्यु भएको छ। विर्तामोड नगरपालिका-७ गरामनिका देवेन्द्र अधिकारीका ४ वर्षीय छोरा स्माईल अधिकारीको मृत्यु भएको प्रहरीले बताएको छ। स्माईलाई आइतबार अपरान्ह ४ बजेतिर छिमेकीको घर अगाडीको खाल्डोमा डुबेर बेहोस अवस्थामा भेटेपछि उद्दार गरी उपचारका लागि बीएनसी अस्पताल बिर्तामोड पुर्‍याएको थियो। बेहोस बालकको सोही अस्पतालमा रातिनै मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ।

२०७५ असार २५ गते ११:०७ मा प्रकाशित