A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionl7eerah435ree4omgqi4s98vmv6h5hs7): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

झापामा चार वर्षीया बालिका बलात्कृत, आरोपी पक्राउ

झापामा चार वर्षीया बालिका बलात्कृत भएकी छन्। झापा गाउँपालिकाको वडा नम्बर ५ का २२ वर्षीय युवकले शुक्रबार राति बालिका बलात्कार गरेका हुन्। शुक्रबार राति ९ वजे बालिकालाई करणी गर्ने आरोपमा कन्काई नगरपालिका(७ का राजकुमार हेमरनलाई प्रहरीले पक्राउ गरेको छ। हेमरनले बालिकालाई ललाई फकाई गरी खेतको आलीमा लगेर बलात्कार गर्दै गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीमा खबर गरेका थिए।स्थानीयबाट खबर प्रहरीले पाउनेवित्तिकै प्रहरी परिचालन गरेर आरोपी पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ। ‘प्रहरी चौकी शरणामतीबाट गएको टोलीले बालिकाको उद्धार गरी हेमरनलाई नियन्त्रणमा लिएको छ, स्थानीयले जानकारी दिनेवित्तिकै प्रहरी पुगेको थियो,’ जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीम ढकालले भने। हेमरनलाई इलाका प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बालिकालाई उपचारको लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको उक्त कार्यालयले जनाएको छ। साउनयता झापामा ४६ वटा बलात्कारका घटना भएका छन्। ढकालका अनुसार शुक्रबारको अर्को एउटा घटना थपिएपछि यो संख्या ४७ पुगेको छ। प्रहरी उपरीक्षक ढकालले झापामा मात्र साउनमा २९, भदौमा ११ र असोजको १९ गतेसम्म ७ वटा बलात्कार र जबरजस्ती करणी उद्योगका घटना भएको बताए।

२०७५ असोज २० गते ८:३३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: