A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionl8pkhpv1idlvpi12k0okt32c0f9ffdv5): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

प्रहरी घेरा तोडेर भागेका बलात्कार आरोपी समातिए

चौकी बाटै प्रहरीको घेरा तोडेर भागेका बलात्कार आरोपी पक्राउ परेका छन् ।  ललितपुर महांकाल गाउँपालिकाकी  एक १३ वर्षीय बालिकामाथि बलात्कारको प्रयास गरेपछि पक्राउ परेका बब्लु कुमार माझी बिहीबार प्रहरीको घेराबाट भाग्न सफल भएका थिए । फरार बब्लु कुमारलाई ललितपुरकै माथिल्लो गोटीखेलबाट शुक्रबार बिहान ४ः३० बजे पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी राजकुमार खिउजुले जानकारी दिएका छन् ।  महांकालमा बसेर एक ग्रील फ्याक्ट्रीमा काम गर्दै आएका भारतको देदीया भन्ने ठाउँका २० वर्षीय बब्लु कुमारले बुधबार राति १० बजेतिर सुतिरहेकी बालिकालाई जबरजस्ती करणी गर्न खोजेका थिए । आरोपी बस्ने ठाउँ र बालिकाको घर नजिकै रहेको र सबै सुतिसकेपछि बालिकाको कोठामा पसेर उनले बालिकालाई बलात्कारको प्रयास गर्नेबित्तिकै बालिका चिच्याएपछि बब्लु भागेका थिए । तर बालिकाका बाबुआमाले उनलाई समाएर प्रहरी चौकीमा बुझाए ।प्रहरीका अनुसार नियन्त्रणपछि आरोपी बब्लु कुमारलाई महांकालस्थित इलाका प्रहरी कार्यालय टुंगुनको प्रतिक्षालयमा राखेर सोधपुछ गर्ने क्रममा आक्रोशित स्थानीयले हातपात गर्न  खोजेका थिए ।  त्यसपछि  प्रहरीले उनलाई कोठाभित्र लगी भीड मत्थर बनाउँन जाँदा झयालबाट हामफालेर भागेका थिए । पक्राउ परेका  बब्लु कुमारलार्इ महानगरीय प्रहरी वृत्त चापाँगाउँ  ल्याइने र उनी भागेका बेला उक्त चौकीका ड्यूटीमा रहेका  पाँच जना प्रहरीलाई पनि  सोधपुचका लागि शुक्रबार महानगरीय प्रहरी वृत्त चापाँगाउँ  बोलाइएको डीएसपी खिउजुले बताएका छन् । 

२०७५ असोज १९ गते ८:०१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: