समाचारमा बालबालिका

सीमा नाकाबाट तीन किशोरीको उद्धार

इलामको सुर्योदय नगरपालिका–२ स्थित पशुपतीनगरबाट ३ जना किशोरीको उद्धार गरिएको छ। ललाइफकाई बेच्न भारत तर्फ लग्दै गरिएका २ जना १६ वर्षका र १ जना १५ वर्षीया किशोरीलाई माइती नेपालको सहयोगमा इलाका प्रहरी कार्यालय पशुपतीनगरले उद्धार गरेको हो। असोज १६ गते विहान प्रहरी निरिक्षक हेमराज ओलीको नेतृत्वको टोलीले उद्धार गरि एक जनालाई अभिभावकको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी हवलदार विजय राईले जानकारी दिए। घटनामा संलग्न ३ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२०७५ असोज १९ गते प्रकाशित