A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiono6vevtqhto8rfmml12712mhqt7r6obts): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कार बढ्यो

बलात्कारविरुद्ध आवाज उठिइरहेका बेला मंगलबार सप्तरीकी एक १४ वर्षीया किशोरी र ७० वर्षीया वृद्धा बलात्कृत भएका छन् । २४ घण्टा बितिसक्दा पनि प्रहरीले दुवै घटनाका आरोपी पक्राउ गर्न सकेको छैन ।डाक्नेश्वरी नगरपालिका–१ की १४ वर्षीया किशोरीलाई घरमा कोही नभएका बेला आफ्नै ठुलोबुबाका छोरा ९दाजु० ले नै बलात्कार गरेको पीडितकी आमाले बताएकी छन् । पीडित किशोरीका बुबा चार वर्षदेखि वैदेशिक रोजगारीमा छन् । आमा बस्तीमा अन्य व्यक्तिका घरमा गएका बेला मंगलबार बिहान १० बजे १८–१९ वर्षीय ती युवकले किशोरीलाई बलात्कार गरेको पीडितको आरोप छ । ‘म ट्युबेलअगाडि भाँडा माज्दै थिएँ, ठुलोबुबाको छोरा आउनुभयो, घरभित्र जान भन्नुभयो, मैले नाइँ, म जाँदिनँ भन्दा घिसार्दै घरभित्र लगेर मुख थुनी मलाई जबरजस्ती करणी गर्नुभयो,’ गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा बुधबार स्वास्थ्य परीक्षण गर्न आएकी पीडित किशोरीले कान्तिपुरसित भनिन् । कसैलाई भने ज्यानै मारिदिने धम्कीसमेत दिएको उनले बताइन् । म बस्तीमा परेवाको पैसा तिर्न गएको थिएँ, केही बेरपछि फर्केर घर आउँदा मेरी छोरी रुँदै थिई, जेठाजुका छोरा पाइन्ट लगाउँदै थिए, मैले पक्रिने प्रयास गरेँ तर उनी फुत्केर भागे,’ पीडित किशोरीकी आमाले भनिन् । आरोपी युवक काठमाडौंमा मजदुरी गर्छन् । पछिल्लो केही समयदेखि उनी गाउँमै छन् । घरमा आउँदा छोरी रुँदै गरेको र जेठाजुका छोरा पाइन्ट लगाएको हेर्दा आफू केहीबेर अक्क न बक्क भएको किशोरीकी आमाले बताइन् । उनले युवक फुत्केर भागेपछि आफूले छोरीलाई के भएको हो भनेर सोध्दा उनले दाजुले आफूलाई मुख थुनेर जबरजस्ती करणी गरेको बताएपछि केहीबेर आफूले होस गुमाएको बताइन् ।

उनले घटनाबारे तत्कालै खाडी मुलकुमा रोजगारीमा गएका आफ्ना पतिलाई सुनाएको बताउँदै घरमा आफ्ना जेठो छोरासमेत नरहेकाले तत्कालै प्रहरीमा जान नसकेको बताइन् । उनका दुई छोरा र दुई छोरी छन् । आफ्ना जेठो छोरा घर आएपछि आफूले साँझ ७ बजेको समयमा इलाका प्रहरी कार्यालय पातोमा टेलिफोनमार्फत खबर गरेको उनले सुनाइन् । ‘बिहानैको घटना भए पनि घरमा कोही पुरुष नभएका कारण साँझ ७ बजेतिर मात्र प्रहरीमा खबर गरेँ,’ पीडित किशोरीकी आमाले भनिन्, ‘राति प्रहरी घरमा आयो । बुधबार दिउँसो स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याएको छ । पीडित किशोरीको बुधबार दिउँसो गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा स्वास्थ्य परीक्षण भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भावेश रिमालले किशोरीमाथि बलात्कार भएको जानकारी आएपछि तत्कालै आरोपी पक्राउ गर्नका लागि प्रहरी परिचालित गरिए पनि आरोपी युवक पक्राउ पर्न नसकेको बताए । 

२०७५ असोज १८ गते ९:५५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: