A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsgigjd8njg616fao5ielfkkdikqq3f3g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

हेलो प्रहरी ! म बिहे गर्दिनँ

१४ वर्षीया किशोरीले गत शुक्रबार स्कुलबाट फर्केर घरधन्दा गरिन्। गृहकार्य सकिन्। रात छिप्पिन थालेपछि अभिभावकले कुरैकुरामा फकाउँदै गाउँको एउटा घरमा लगे। त्यहाँ विशेष चहलपहल थियो। उनलाई मनमनै जिज्ञासा उठ्योे, किन यति धेरै मानिस भेला भएका रु मलाई किन यहाँ ल्याइयो रु केहीबेरमा थाहा पाइन्– त्यहाँ उनको बिहे हुँदै छ। न उमेर पुगेको थियो न त उनलाई बिहे गर्न मन थियो। उनी उम्कन सक्ने अवस्थामा थिइनन्। बिलखबन्दमा परिन् केहीबेर। कक्षा ९ मा सँगै पढ्ने साथीसँग सहयोग लिइन्। प्रहरीलाई १०० नम्बरमा फोन गरेर आफैंले पनि खबर गरिन्। प्रहरी टोली तत्काल बिहे हुन लागेको घरमा पुग्यो। उनको बिहे रोकियो। झुक्याएर बिहे गराउन खोज्ने आफन्तलाई प्रहरी नियन्त्रणमा लियो।स्याङ्जाको हरिनास गाउँपालिका–६ की किशोरीले भोगेको घटना हो यो। सानैमा आमाको निधन भएपछि बुवाले अर्की ल्याए। उनी हजुरआमासँग बस्दै आएकी थिइन्। हजुरआमालाई फस्ल्याङफुस्लुङ पारेर आफन्तले सोही गाउँका २७ वर्षीय सन्तबहादुरसँग उनको बिहे गरिदिन लागेका थिए।सन्तबहादुरले ती किशोरीलाई पुस ४ गते आफ्नै घरमा ल्याएर विवाह गर्ने तयारी गरेका थिए। उनी रोजगारीका लागि केही वर्षयता भारतमा बस्दै आएका छन्।सन्तबहादुर र बेलबहादुर राना प्रहरी नियन्त्रणमा छन्। सुना राना र बेलबहादुर रानाले बिहे गराउन सघाएको भन्दै ती किशोरीले प्रहरीमा जाहेरी दिएपछि उनीहरू पनि पक्राउ परेको डीएसपी नवीनकृष्ण भण्डारीले बताए।प्रहरीले उनीहरूविरुद्ध बालविवाहसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी कारबाही अघि बढाएको छ।मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११ मा बालविवाह गर्न नहुने उल्लेख छ। उपदफा १ मा २० वर्ष उमेर नपुगेका व्यक्तिसँग विवाह गर्न वा गराउन हुँदैन। यसविपरीत भएको विवाह स्वतः बदर हुने संहितामा उल्लेख छ। यस्तो कसुर गर्नेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिबाना तोकिएको छ।

२०७६ पुष ८ गते ६:१८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: