A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionl1g3j8a1kbop46p8vodcdaduvglvi7e4): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कार घटना : इन्साफ चाहियो

उनी शौच गर्न राती घर बाहिर निस्केकी थिइन् । त्यही बेला चिनजानकै उनी भन्दा ३ बर्ष जेठो एक पुरुषले ललाइफकाई बाइकमा बसाएर केही पर लगे । एकापसमा विवाहको प्रसङ्ग चलाउँदै १७ बर्षीय ती पुरुषले १४ बर्षीया बालिकासित हिमचिम हुँदै बलात्कार गरे । र, घर छेउसम्म पुर्याइदिए । बलात्कृत बालिका घरमा रुदैँ पसिन्, त्यसबेला सम्म परिवार उनको खोजीमा लागिसकेका थिए । बालिकाले आमालाई ‘इज्जत’ लुटिएको सुनाएपछि पीडितकी आमासहित भिनाजु बलात्कार आरोपितको घरमा राती नै पुगे । डेढ किमीको दुरीमा रहेको बलात्कार आरोपितको घरमा पीडित जब पुगे, पीडक पक्षले एल्टै झपारेर पठाए । दुबै पक्षबीच गालीगलोज भयो । तर पीडितको पक्षमा कोही बोल्दिने भएनन् । कोही सहारा नभएपछि ३ किमी टाढामा रहेको जिल्ला प्रहरी कार्यालयमा २ बजे राती पीडित आफैं आमासित पुगिइन् । घटनाबारे टिपोट गराइयो । प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण गरायो । बलात्कार भएको पुष्टि भएपछि प्रहरीले आरोपितलाई सोधी खोजीमा लागे । घटनाको भोलीपल्ट ९मंसिर २७ मा० गाउँमा भद्रभलाद्मीको जमघट भयो । त्यसएपछि बलात्कृत बालिकाको आमाले छोरीको विवाह बलात्कार गर्नेसित गराइदिन प्रस्ताव राखिइन् । तर त्यो प्रस्तावलाई कसैले वास्ता गरेनन् । बरु पैसा वा जग्गा लिएर मिल्न दबाब दिन थाले । उनले मानिनन् । यो क्रम दुई सातासम्म चल्यो । पीडित अक्क न बक्क भएर घरमा रुन थालिइन् । अहिले दुई सातादेखि उनी घरमै बसेर रुन्छिन्, टोलाउँछिन् । सहयोग गरिदिन गुहार्छिन् । ‘कसले इन्साफ दिने रु गरिबको इज्जत लुटिएपछि इन्साफका लागि कसैले बोल्दिएको छैन्, बरु मिल्न दबाब दिएका छन्,’ बलात्कृत बालिकाकी ४५ बर्षीया आमाले भनिन्, ‘मलाई इन्साफ चाहियो । छोरीको इज्जत लिने हेर्दादेर्दै भागे ।’ घटनाको १२ दिनमा पछि प्रहरीले आरोपितलाई मंगलवार पक्रेर अदालतबाट म्याद लिएर अनुसन्धान गर्न हिरासतमा राखेको छ । ‘वडाकै मुखियाले मिल्न दबाब दिएका छन्,’ पीडित बालिकाको आमाले भनिन्, ‘गरिब छु, ज्याला गरेर खान्छु । श्रीमान् सोझासाझा हुनुहुन्छ ।’ पीडक र पीडित कलैया उपमहानगरपालिका कै हुन् । यो घटनामा वडाध्यक्षले दबाब दिइरहेको पीडितले बताइरहँदा पचरौता नगरपालिका–५, बेल्दारी गाउँमा एक वडा सचिवले बलात्कार आरोतिलाई जोगाउन उसको उमेर कम देखिने गरी व्यक्तिगत घटना दर्ताको मुल ढड्डा सच्याएको आरोपमा प्रहरीले वडा सचिव प्रभु पंडित कुम्हाललाई बुधवार पक्राउ गरेको छ । उनलाई सरकारी किर्ते छापदस्तखत मुद्दाअन्तर्गत पक्राउ गरिएको छ । ‘कम उमेर देखिएपछि सजाय कम हुन सक्ने उदेश्यले सचिवले बलात्कार आरोपितको पक्षबाट मुल ढड्डा सच्याएको पाइएको छ,’ त्यसैले पक्राउ गरिएको छ,’ प्रहरी उपरिक्षक विकासराज खनालले भने, ‘बलात्कार ओरोपितलाई जोगाउन जनप्रतिनिधि र स्थानीय तहका कर्मचारीले नै चलखेल गर्ने गरेका छन् ।’ घटनाले जिल्लामा बलात्कारको ढाकछोप गर्न र बलात्कार आरोपितलाई कानुन त कम सजाय होस् भनेर बलात्कार आरोपितसँग मिलेर स्थानीय तहका वडासचिवले उमेर घटाइदिने चलखेलमा सक्रिय भएको पाइन्छ । मिल्ने मिलाउने जनप्रतिनिधि नै हुन्, सजाय कम गराउन चलखेल गर्ने वडा सचिव नै भएका हुन्,’ महिला अधिकारकर्मी कृष्णा बस्नेतले भनिन्।

२०७६ पुष १० गते ९:०९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: