समाचारमा बालबालिका

हटेन बालविवाह

झापाको बाह्रदशी गाउँपालिका १ की चाँदनी राई भर्खर १४ वर्षकी पुगिन । स्कुले जीवनमा व्यस्त हुनुपर्ने उनी पुस ९ मा विवाहको प्रथम वर्ष मनाउने तयारीमा छिन् ।१३ वर्षकै उमेरमा उनले विवाह गरेकी थिइन ।बाह्रदशी ३ की सन्जली हेमरम २२ वर्षमा टेकिन । कानुनअनुसार विवाहका लागि योग्य भएकी छन् । तर, उनलाई यतिबेला विवाह गर्नेबारेहोइन, श्रीमान्सँगको सम्बन्ध कसरी टिकाइराख्ने भन्ने चिन्ता छ । उनले ७ वर्षअघि १५ वर्षमैविवाह गरेकी थिइन् । अहिले उनको ६ वर्षको छोरा छ । सन्जलीको नागरिकता छैन । छोराको जन्मदर्ता भएको छैन । उमेर नपुगी विवाह गरेकाले माइतीले सन्जलीलाई नागरिकता बनाइदिन पाएनन् । अहिले श्रीमान्ले उनको नागरिकता र छोराको जन्मदर्ता बनाउन बेवास्ता गरिरहेका छन् ।यही विषयमा झगडा भइरहँदा सन्जलीले दुई वर्षदेखि घरेलु हिंसा सहँदै आएकी छन् । हिंसा सहन नसकेर वडा १ भागुडुब्बामा रहेको माइती घर गएकी सन्जलीको साताअघि झन्डै घर बिग्रियो । तर, स्थानीय जनप्रतिनिधिले वडाको मेलमिलाप समितिमार्फत छलफल डाकेर तत्काल विवाद मिलाइदिएको छ । जिल्लाको दक्षिणी सीमावर्ती बाह्रदशी गाउँपालिकामा बालविवाह अझै कायम छ । ०७५र७६ मा गरिएको एक सर्वेक्षणअनुसार गाउँपालिकामा ३०।८९ प्रतिशत किशोरीको १८ वर्षभन्दा कम उमेरमै विवाह हुने गरेको पाइएको छ । किशोरको हकमा भने ५।८९ प्रतिशतले मात्र १८ वर्षभन्दा कम उमेरमा विवाह गर्ने गरेको सर्वेक्षणले देखाएको छ । गाउँपालिकाको कुल विवाहितमध्ये १९।१८ प्रतिशतले उमेर नपुगी विवाह गरेको तथ्यांक छ । गाउँपालिकाको वडा ३ मा सबैभन्दा धेरै बालविवाह हुने गरेको पाइएको छ ।

सर्वेक्षणका क्रममा उक्त वडामा ३७.५७ प्रतिशत किशोरीले १८ वर्षभन्दा कम उमेरमै विवाह गर्नेगरेको पाइएको हो । वडा १ मा २५.६४, २ वडामा २७.९९, ४ वडामा २४.१७, ५ वडामा ३१.७६, ६ वडामा ३५.८४ र ७ नम्बर वडामा २७.१६ प्रतिशत बालिकाले कम उमेरमै विवाह गरेको तथ्यांकमा उल्लेख छ । बालकको हकमा भने वडा नं। १ मा ५.०६, २ मा ४।७७, ३ मा ६.८३, ४ मा ४।८३, ५ मा ६.३४, ६ मा ७.०४ र ७ नम्बर वडामा ५.११ प्रतिशतले १८ वर्षभन्दा कम उमेरमा विवाह गरेको पाइएको छ ।आदिवासी समुदायको बाक्लो बसोबास रहेकाले बालविवाह न्यूनीकरण गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए । ‘आदिवासी समुदाय अझै पनिपरम्परागत सोचविचारबाट माथि उठ्न सकेको छैन’ उनले भने, ‘भरसक ‘रजश्वला’ हुनुअघिनै छोरीको विवाह गरिदिन पाए हुन्थ्यो भन्ने सोच आदिवासी समुदायमा पाइन्छ । गाउँपालिकामा राजवंशी, मुस्लिम र सन्थालको बाक्लो बसोबास छ । ‘राजवंशी समुदायमा बालविवाह कम हुँदै गएको छ ।मुस्लिम र सन्थालमा सानै उमेरमा छोरीको विवाह गरिदिने परम्परा हटाउन सकिएको छैन,’ वडाध्यक्ष शम्भुसिंह राजवंशीले भने ।अभिभावकलाई सम्झाए पनि रोक्न नसकेको सन्थाल जातिका वडा सदस्य सोकोत मुर्मुको गुनासो छ । ‘समस्या मेरै गाउँमा छ । छिमेकी, इष्टमित्रलाई सम्झाउँदा पनि मान्नुहुन्न के गर्नु रु’ उनले भने । सानै उमेरमा विवाह गरेर छिट्टै सम्बविच्छेद गर्ने घटना सन्थाल समुदायमा बढ्दै गएको मुर्मुले बताए । बालविवाह रोक्न स्थानीय सरकारले गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने उनको सुझाव छ।

२०७६ पुष ६ गते ९:३९ मा प्रकाशित